Logo आश्विन ४, २०७७ आइतबार


कोरोनाबाट मृत्यु भएकी महिलाको परिवार डिस्चार्ज

काभ्रेपलाञ्चाेक । जिल्लाको धुलिखेल अस्पतालमा कोरोनाभाइरस संकेमणबाट मृत्यु भएकी महिलाका आफन्तहरु आज (शुक्रबार) डिस्चार्ज भएका छन् ।

मृतक महिलाको बच्चा, उनकी बहिनी, श्रीमान र सासुलाई डिस्चार्ज गरिएको धुलिखेल अस्पतालका प्रशासकीय अधिकृत डा. रमेश माकजूले जानकारी दिनुभयाे । उहाँका अनुसार नवजात शिशुमा जण्डिस र राता बिमिरा उठेको भएपनि बाल रोग विशेषज्ञबाट उपचार गराएपछि निको भएको थियो।

दुईपटक परीक्षण गर्दा पनि कोरोना संक्रमण नदेखिएपछि शुक्रबार डिस्चार्ज गरिएको माकजुले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिए । उक्त विज्ञप्तिमा थप एकसाता सिन्धुपाल्चोक जिल्लाको क्वारेन्टाइनमा राख्नुपर्ने र पुनः आरडीटी परीक्षण गर्नुपर्ने सुझाव दिइएको छ ।

सिन्धुपलाञ्चोक जिल्लाको बाहृबिसे नगरपालिकाकी महिलाको उपचारका क्रममा जेठ १ गते राति साढे नौ बजे मृत्यु भएको थियो । सुत्केरी महिलाको मृत्युपश्चात कोरोना परीक्षण गर्दा संकेमण पाेजेटिभ देखिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

दाजुभाइमा प्रेम बढ्नेछ । नयाँ ठाउमा भ्रमण हुनेछ । उत्साहले काम छिटो बन्नेछ ।

बालुवाका तस्करहरुले खोलाबाट बालुवा निकाल्नका लागि यी मजदुरहरुलाई प्रयोग गर्ने गर्छन् ।

पानी भर्नका लागि खानेपानी मन्त्रालयले सहयोग पुर्याएको निर्देशनालयको भनाइ छ ।

अस्पतालमा जोखिम भत्ताका लागि पठाएको रकम व्यवस्थापनमा, स्वास्थ्य सामग्री खरिदमा प्रयोग गरेको पाइएको बताउनुभयो ।

खेलाडीले दिलाएको सोही सफलताका आधारमा राखेप सदस्यसचिव रमेशकुमार सिलवाल भने सुप्रबल जनसेवा श्री तृतीयका लागि योग्य हुनुभयो ।

डुङ्गा सञ्चालनका लागि यात्रुसँग लिने भाडा समेत नबढाइएको उहाँकाे भनाइ छ ।