कोरोना संक्रमित मृतक शिक्षकका गाउँका ३० जनाको पिसीआर रिपोर्ट नेगेटिभ

हुमाकान्त पोखरेल
गुल्मी । कोरोना संक्रमणका कारण ज्यान गुमाएका गुल्मीको मदाने गाउँपालिकाका शिक्षकका गाउँका ३० जनाकै पिसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

बुटबलमा कोरोना पुष्टि हुँदाको अर्को दिन नै जिल्ला स्वास्थ्य कार्यालयको समूहले शिक्षकसँग प्रत्यक्ष सम्पर्कमा आएका ३५ जनाको स्वाब संकलन गरी पिसीआरको लागि पठाएको थियो । जसमा मृतकका परिवार, बैंकका कर्मचारी, स्थानीय क्लिनिक सञ्चालकलगायत रहेका थिए । जसमध्ये पाचँ जनाको रिपोर्ट आउन बाँकी रहेको र ३० जनालाई कोरोना संक्रमण नभएको रिपोर्ट आएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । स्वास्थ्य कार्यालयले तम्घासको एक र मदानेका ३५ गरी कूल ३६ जनाको स्वाब पठाएको थियो । जसमा मदानेका पाचँ र तम्घासको एक गरी अझै छ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।

मदाने गाउँपालिका ६ पुर्कोट दहस्थित एक विद्यालयमा अध्यापनरत शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको तीन दिनपछि ज्यान गएको थियो । तर उनलाई कसरी पकिोरोना पुष्टि भयो भन्नेबारे भने सबै अनभिज्ञ छन् । गाउँमा भारतबाट केही नागरिक आएका थिए । तर उनीहरु घर आएको ५० दिनभन्दा बढी भइसकेको छ । भने शुरुमा १४ दिनसम्म क्वारेन्टाइनमा बसेका थिए ।

शिक्षकमा कोरोना भेटिएसँगै मदाने गाउँपालिका पूर्णरुपमा सिल गरिएको छ । जेठ १ गतेभन्दा अगाडि उक्त शिक्षकसँग ३५ जना प्रत्यक्ष सम्पर्कमा जोडिएका छन् । भने १ सय ५० जना अप्रत्यक्ष रुपमा भेटघाट भएका छन् । ३५ जनमध्ये पाचँजना सुरक्षित होम क्वारेन्टाइनमा रहेकोले स्वाब लिइएको छैन । बाँकी ३० जनाको कोरोना जाचँको लागि स्वाब लिइएको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…