शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलको प्राविधिक प्रतिवेदन सार्वजनिक

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलको प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
एन्फाले शुक्रबार राखेप सदस्य सचिव रमेश सिलवालबाट लिगको गतिविधि समेटिएको प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको हो ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्रतिवेदन राखेप सदस्यसचिव रमेश सिलवाललाई हस्तान्तरण गरेका थिए । शहीद स्मारक ’ए’ डिभिजन लिग सकिएको करिब ३ महिनापछि एन्फाले राखेपलाई प्राविधिक प्रतिवेदन बुझाएको हो । लिग गत वर्षको फागुनमा सम्पन्न भएको थियो ।

लिगको उपाधि पहिलो पटक मछिन्द्र फुटबल क्लबले जितेको थियो । प्रतिवेदनमा लिगको विजेताको नाम, सहभागी क्लब, लिगमा भएका सबै गतिविधि, खेलाडीको नामावली, पहेलो कार्ड, रातो कार्ड लगायतको जानकारी रहेको एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…