काेराेना अपडेट : विश्वभर संक्रमितकाे संख्या ५२ लाख नाघ्याे

काठमाडाैं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५२ लाख ३० हजार ६ सय नाघेको छ । ३ लाख ३५ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९६ हजार माथि छ ।

अमेरिकामा १६ लाख २१ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । पछिल्लो समय रुसमा संक्रमण दर तीव्र रुपले बढेको छ । रुसमा संक्रमितको संख्या तीन लाख २६ हजार नाघेको छ भने ३ हजार बढीले ज्यान गुमाइसकेका छन् । ब्राजिल पनि संक्रमित मुलुकको अग्रस्थानमा आएको छ । त्यहाँ संक्रमितको संख्या ३ लाख १२ हजार नाघेको छ भने २० हजार बढीको मृत्यु भइसकेको छ ।

यसैगरी बेलायतमा ३६ हजार, इटलीमा ३२ हजार ३ सय , स्पेनमा २७ हजार ९ सय र फ्रान्समा २८ हजार २ सय बढीको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमितको संख्या एक लाख २० हजार नाघेको छ भने ३ हजार ६ सय बढीले ज्यान गुमाइसकेका छन् । त्यस्तै पाकिस्तानमा संक्रमितको संख्या ५० हजार नाघेको छ भने १ हजार बढीको मृत्यु भइसकेको छ ।

बंगलादेशमा संक्रमितको संख्या ३० हजार नाघ्दा ४ सय ३२ जनाले ज्यान गुमाएका छन् । यो समाचार तयार पार्दासम्म २१ लाख बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ ।  पारीवारिक कठिनाइ हुनेछ । वृष– स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन…

पार्टीमा उत्पन्न विवादले नेतृत्वबीचमै ध्रुवीकृत भएपछि सांसदहरुले पार्टी जोगाउन सक्रिय भएका हुन् ।

घानी सरकारले अफगानिस्तानमा युद्धरत तालिबानका पाँच हजार एक सय लडाकूलाई जेलमुक्त गरिसकेको छ ।

राष्ट्रिय सभा नियमावली अनुसार दुई वर्षे कार्यावधि गत साता पूरा भएपछि समिति सभापतिकाे निर्वाचन गरिएकाे हाे ।

काठमाडौं । सोमबारदेखि जोर दिन जोर नम्बर प्लेट र बिजोर गते बिजोर नम्बर प्लेटका सवारीसाधन मात्र कर नवीकरण हुने भएको…

काठमाडौं । कोरोना भाइरस जोखिमका कारण वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आइतबारदेखि नयाँ प्राइभेट तथा साझेदारी फर्मको दर्ता…