‘लेट्स गेट लाउड’ युवा समूहद्वारा भारतीय अतिक्रमणविरुद्ध आन्दोलन अभियान शुरु

काठमाडाैं । आवाज लेट्स गेट लाउड नामक युवा समूहले भारतीय अतिक्रमणविरुद्ध सिलसिलेवार आन्दोलन अभियान शुरु गरेको छ । अभियानकाे जानकारी दिन शुक्रबार जारी गरेकाे  विज्ञप्तिमा अभियान सञ्चालन गर्ने बताएकाे हाे ।

विज्ञप्तिमा पटकपटक भारतीय पक्षबाट देशको विभिन्न ठाँउका सिमानाहरुमा करिब ६० हजार हेक्टरभन्दा बढी जमिन मिचिएको सिमानाका नेपालीमाथि भारतीय पक्षबाट हुने दुर्व्यवहारप्रति घोर आपत्ति जनाउँदै मिचिएको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा तत्काल फिर्ता गर्न माग गरेको छ ।

सम्पूर्ण देशबासीलाई भारतीय पक्षबाट हुने गरेको थिचोमिचोविरुद्ध आवाज उठाउनसमेत विज्ञप्तिमार्फत आग्रह गरेको छ, साथै समूहले चलाएको ह्यासट्याग अभियानमा सहभागी हुन पनि सम्पूर्ण नेपालीमा आग्रह गरेको छ । ‘हाम्रो सीमा प्रतिकार गराैं, हाम्रो भूमि फिर्ता लिऔँं र सीमा विवाद यही साल अन्त्य गरौं’ भन्ने नाराका साथ चलाईएको अभियानले #मेरो_ऐक्यवद्धता र #NoHegemony ह्यासट्याग अभियान चलाउने बताइएको छ ।

विरोधका कार्यक्रमहरुमा क्रमैसँगले अनलाईन प्रोटेस्ट, भारतीय मित्रलाई चिठ्ठी, अनलाइन आमसभा, अनलाइन साहित्यिक तथा सांगीतिक प्रोटेष्ट , विज्ञ बहस र अन्तर्राष्ट्रिय समुदायलार्ई चिठ्ठी लेख्ने कार्यक्रम रहेको बताइएको छ । समूहका अभियन्ताका अनुसार यो अभियानलाई ग्लोबल क्याम्पेनको रुपमा विकास गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…