कोरोना अपडेट : मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार नाघ्यो, २८ लाख संक्रमित

काठमाडौं । विश्वभर कोरोना भाइस संक्रमणबाट जीवन गुमाउनेको संख्या शानिबार बिहानसम्म ३ लाख ३९ हजार ९ सय ९२ पुगेको छ । शुक्रबार एकैदिन विश्वभर ५ हजार २ सय ४० जनाको मृत्यु भएको छ।

विश्वमा अहिलेसम्म ५३ लाख ३ हजार ३ सय ९३ जनालाई कोरोना लागिसकेको छ । त्यसमध्ये २१ लाख ५८ हजार ५ सय १० जनाले भने कोरानालाई जित्न सफल भएका छन् । २८ लाख ४ हजार ८ सय ९१ जना अझै कोरोनाविरुद्ध संघर्ष गरिरकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोनाको कारण अन्य मुलुकको तुलनामा विश्वकै शक्तिशाली राष्ट मानिएको अमेरिकामा धेरैले जीवन गुमाएका छन् । अमेरिकामा शनिबार बिहानसम्म कोरोनाबाट मर्नेको संख्या शनिबार बिहानसम्म ९७ हजार ६ सय ४७ पुगेको छ । त्यहाँ अहिले ११ लाख ४४ हजार २ सय संंक्रमित छन् । त्यसमध्ये १७ हजार १ सय ९ जनाको अवस्था गम्भीर छ ।

शुक्रबार पुष्टि भएका नयाँ संक्रमित सबैभन्दा धेरै अमेरिकाका छन्। त्यहाँ हिजो एकै दिन २४ हजार २८ जना नयाँ संक्रमित थपिएका छन्। त्यसपछि ब्राजिलमा १९ हजार ९ सय ६९ जना नयाँ फेला परेका छन्। त्यसैगरी गएको २४ घण्टामा रुसमा ८ हजार ८ सय ९८, चिलीमा ४ हजार भन्दा धेरै, बेलायतमा ३ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

भारतमा शुक्रबार एकै दिन ६५ सय ६८ जना नयाँ संक्रमित थपिएका हुन्। त्यहाँ संक्रमितको संख्या १ लाख २४ हजार ७ सय ९८ पुगेको छ। संक्रमित मध्ये अहिलेसम्म ३ हजार ७ सय २६ जनाको मृत्यु भएको छ। शुक्रबार भारतमा संक्रमणबाट १ सय ४२ जनाको मृत्यु भएको छ। त्यहाँ ५१ हजार ८ सय २४ जना उपचारपछि निको भएका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…