राहतकाे विषयमा पार्टी कार्यकर्ताबीच झडप, डेढ दर्जन घाइते

सांकेतिक : तस्विर

काठमाडौं। सिरहामा राहत वितरणको विषयलाई लिएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको नरहा गाउँपालिका १ को वडा कार्यालय परिसरमा झडप हुँदा दुबै पक्षका डेढ दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता घाइते भएका छन् ।

नेकपाबाट निर्वाचित वडाध्यक्ष अशोक साह आफैंले छुटेका व्यक्तिहरुका लागि राहत वितरण बारे छलफल गर्न विभिन्न राजनीतिक दलहरुलाई वडा कार्यालयमा डाँकेका थिए । उक्त छलफलमा नेपाली काँग्रेसका अतिरिक्त समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो । वडाध्यक्षले वितरण गरेको राहतमा दुई सयभन्दा बढीलाई राजनैतिक पूर्वाग्रह राखी राहत नदिइएको नेपाली काँग्रेसको आरोप छ ।

वडाध्यक्ष शाहले छलफलका लागि डाकेर आफूहरुमाथि आक्रमण गराएको नेपाली काँग्रेसका कार्यकर्ता बताउँछन् । वडाध्यक्षले भने आफूले सबैलाई मिलाएर राहत वितरण गरेको दाबी गर्दछन् । साहले गरीब तथा दलितहरुका लागि राहत वितरण गरेको जनाए । वडा कार्यालयमा आएर जवर्जस्ती गर्न थालेपछि झडप भएको उनको तर्क छ ।

झडपमा गम्भीर घाइते भएका उर्मिला कामति, रामचन्द्र र रामजीवन रायलाई थप उपचारका लागि विराटनगर रेफर गरिएको जिल्ला अस्पताल सिरहाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…