कोरोनाका कारण ज्यान गुमाएका शिक्षकका २५ गाउँलेमा कोरोना नेगेटिभ

हुमाकान्त पोखरेल
गुल्मी । कोरोना संक्रमणका कारण ज्यान गुमाएका गुल्मीको मदाने गाउँपालिकाका शिक्षकका गाउँलेहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । बुटवलमा कोरोना पुष्टी भएको अर्को दिन नै जिल्ला स्वास्थ्य कार्यालयले दिवंगत हुनुभएका शिक्षकसँग प्रत्यक्ष सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन गरी पिसिआरको लागि पठाएको थियो । जसमध्ये कोरोना संक्रमणबाट दिवंगत हुनुभएका शिक्षकका परिवार, बैंकका कर्मचारी र स्थानीय क्लिनिक संचालक लगायत छन् ।

संक्रमणबाट ज्यान गुमाउनुभएका शिक्षकमध्ये पाँच जनाको रिपोर्ट आउन बाँकी छ भने र २५ जनालाई कोरोना संक्रमण नभएको रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो ।

मदाने गाउँपालिका ६ पुर्कोट दहस्थित एक विद्यालयमा अध्यापनरत शिक्षकको कोरोना संक्रमण पुष्टि भएको तीन दिनपछि ज्यान गएको थियो । तर शिक्षकलाई कसरी कोरोना पुष्टि भयो भन्नेबारे भने केही खुलेको छैन । गाउँमा भारतबाट केही नागरिक आएका थिए । उनीहरु घर आएको ५० दिनभन्दा बढी भइसकेको छ भने शुरुमा १४ दिनसम्म क्वारेन्टाइनमा बसेका थिए ।

शिक्षकमा कोरोना भेटिएसँगै मदाने गाउँपालिका पूर्ण रुपमा शिल गरिएको छ । जेठ १ गतेभन्दा अघि शिक्षकसँग ३५ जना प्रत्यक्ष सम्पर्कमा जोडिएको पाइएको छ । १५० जना अप्रत्यक्ष रुपमा भेटघाट भएको प्रारम्भीक अनुसन्धानमा देखिन आएको छ । प्रत्यक्ष सम्पर्कमा देखिएका ३५ जना मध्ये ५ जना सुरक्षित होम क्वारेन्टाइनमा रहेकोले स्वाब लिइएको छैन । बाँकी ३० जनाको कोरोना जाचँको लागि स्वाब संकलन गरिएको गाउँपालिकाका सुचना अधिकारी ऋषि पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलकामे भाउ  प्रतिलिटर एक रुपैयाँले…

काठमाडौं । व्यवसायीले बन्दाबन्दी (लकडाउन) अवधिको बैंकको ब्याज शतप्रतिशत छुट दिन माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले (लकडाउन)…

चितवन । बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका वडा ९ थुम्सीस्थित खहरे खोलामा…

मेष – सरसामान हराउन सक्नेछ । अनावश्यक आर्थिक चिन्ता बढ्नेछ । घरायसी खर्चमा वृद्धि हुनेछ । यात्रामा झमेला पर्नेछ ।…

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ६० देखि ७० जना एचआइभी संक्रमित नियमित औषधि लिन आउने…

मेष– अनावश्यक भ्रमण हुनेछ । व्यापारमा सन्तोष मिल्नेछ । साथीसंगतमा खर्च हुनेछ । वृष– क्षमताको कदर हुनेछ । राजनीतिमा अवसर…