सप्तरीमा शुक्रबार भेटिएका कोरोना संक्रमित भारतबाट आएको खुल्यो

विद्यानन्द राम
राजविराज । शुक्रबार कोरोना संक्रमण भएका यहाँका ३५ वर्षीय युवक भारतको चन्डिगढबाट स्वदेश फर्किएको खुलेको छ । युवक चन्डिगढस्थित गुडगाँवबाट फर्किएको पाइएको हो ।

दशगजासँगै जोडिएको बलान बिहुल गाउँपालिका–४ बेल्हीका स्थानीय ती युवकलाई गत वैशाख ३० गते घरमा देखेपछि स्थानीयले गाउँपालिकामा खबर गरेका थिए । सूचना पाएकै दिन साँझ ५ बजेतिर पुगेको प्रहरी टोलीले उनलाई राष्ट्रिय प्राथमिक विद्यालय बेल्हीको क्वारेन्टाइनमा राखेको थियो । तर उनी र उनकी पत्नी कहिले गुँडगावँबाट घर फर्किए भन्ने बारे भने खुल्न नसकेको गाउँपालिका अध्यक्ष दयानन्द गोइतले बताउनुभयो ।

पत्नीलाई लिएर मजदुरी गर्न भारत पुगेका थिए । कोरोना संक्रमण पुष्टी भएपछि युवकलाई शुक्रबार नै गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आइसोलेसनमा राखिएको छ । उनको स्वास्थ्य अवस्था समान्य रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिनुभयो । योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या २ पुगेको छ । यसअघि डाक्नेश्वरी नगरपालिका–३ हटैलका एक युवकमा संक्रमण भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…