हिरासतमा रहेका थुनुवामा कोरोना संक्रमण पुष्टि, प्रहरी कार्यालय सिल

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । २२ दिनदेखि हिरासतमा रहेका थुनुवामा कोरोना देखिएपछि जिल्ला प्रहरी कार्यालय बैतडी सिल गरिएको छ । गत चैत ६ गते भारतको मुम्बइबाट घर आएका जिल्लाको शिवनाथ गाँपालिकाको २३ वर्षका युवक कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि २२ दिन देखि जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा थिए ।

बैतडीको शिवनाथ गाउँपालिकामा गत वैशाखमा एक युवती मृत्त अवस्थामा खोलामा फेला परेकी थिइन् । मृतक युवतीको अभिभावकको किटानी जाहेरीका आधारमा अनुसन्धानका लागि ति युवक थुनामा रहेका थिए । मुद्दा फाँटमा काम गर्नेदेखि सबै प्रहरीको पीसीआर परीक्षणको तयारी गरिएको छ । संक्रमित युवक बैतडीको पहिलो कोरोना संक्रमित हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।

शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गर्भवती महिलालाई समयमा स्वास्थ्य केन्द्र लैजानका लागि सवारी साधनको अभाव भएपछि उनीहरुको ज्यान गएको शाखाको भनाइ छ ।

रुकुमको चौरजहारीमा भएको घटनामा अहिलेसम्म ५ जनाको शव भेटिएको छ ।

संक्रमितहरु १९ र २१ वर्षका दुई पुरुष रहेको बताइएको छ ।

स्थानीयले प्रहरी र स्वास्थ्यकर्मीमाथि कुटपिट गर्न थालेपछि प्रहरीले हवाइफायर गरेको बताइएको छ ।