महिला जनप्रतिनिधिमा कोरोना पुष्टि भएसँगै भक्तपुरको टुमचो दुगुरे क्षेत्र सिल

काठमाडाैं । भक्तपुर नगरपालिकाको एक महिला जनप्रतिनिधिमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै मालपोत आसपासका बस्ती सिल गरिएको छ । संक्रमित जनप्रतिनिधि महिला बसोवास गर्ने क्षेत्र भक्तपुरको वडा नम्वर ९ स्थित टुमचो दुगुरे स्थित मालपोत कार्यालय आसपास क्षेत्रलाई सिल गरिएको हो ।

स्वास्थ्य मन्त्रालयले शुक्रवार कोरोना संक्रमण पुष्टी गरेका ९ जना मध्ये एक ४२ बर्षीय कोरोना संक्रमित भक्तपुर नगरपालिका वडा नम्वर ९ का महिला सदस्य रहेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

नगरपालिकाका प्रमुख प्रजापतिका अनुसार शुक्रबार २९ जना जनप्रतिनिधिको रिपोर्ट आएकोमा २८ जनाको रिपोर्ट नेगेटिभ आएको र एक जनाको मात्र रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रहरीले संक्रमित महिलालाई उपचारको लागि शुक्रबार राति नै पाटन अस्पताल पुर्‍याएको र परिवारको अन्य सदस्यलाई निगरानीमा राखिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…

काठमाडौं । आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून…

मेष– घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा…

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

काठमाडौं । नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन् । प्रहरी…

मेष– भाग्यले साथ दिनेछ, पुरानो काममा प्रगति हुनेछ । वृष– आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ । मिथुन– व्यवसायिक यात्रा हुनेछ,…