Logo आश्विन १३, २०७७ मंगलबार


लकडाउनमा महिला हिंसाकाे सम्भावना

नेपालमा २६ प्रतिशत महिला कुनै न कुनै घरेलु हिंसाबाट पीडित छन् भन्ने तत्थ्याङक् रहेको छ । यस अवस्थामा महिला अझ बढी असुरक्षित भएका छन् । हुन त पहिलेको तुलनामा यतिबेला उजुरी घटेको छ । तर आन्तरिक रुपमा हिंसा बढिरहेको छ । यसको एउटै कारण हो, लकडाउन । जसले गर्दा महिला प्रहरी वा महिला बालबालिका कार्यालयसम्म उजुरी गर्न जान सकेका छैनन् ।

अहिले विश्व समुदाय एक अदृश्य शक्तिसगँ जुधिरहेको छ । यो बेला महिलालाई पीडामाथि पीडा थपिएको छ । कोभिड–१९ को सबैभन्दा बढी पीडा महिलालाई परेको छ । घर व्यवहारसँगै आर्थिक भार छ भने हिंसा पनि बढिरहेको छ । घरमा घरेलु हिंसाका बारेमा न महिला अहिले बोल्न सकेका छन् न उजुरी गर्न नै । देशमात्र नभएर संसार रोकिएको यो बेला महिलालाई हेर्ने गिद्दे नजर सलबलाई रहेका छन् । घरबाट हिडौं कोरोना संक्रमणको डर  छ ।  घरमा घरेलु हिंसाले पीडित महिलाको संख्या बढ्दो रहेको छ । उजुरी गर्न जानसक्ने अवस्था समेत छैन । जसले गर्दा सहनुको कुनै विकल्प पनि छैन । अहिले महिला तथा बालबालिकामा याैन हिंसा बढ्दो छ ।

महामारीको कारण सार्वजनिक स्थानमा हिँडडुल गर्न निषेधाज्ञा लागू भएपछि महिलामाथि घरेलु हिंसा बढिरहेको छ । यसको कानूनी उपचारसमेत मुश्किल भएको छ । कानूनी सहायता गर्ने निकाय प्रहरी प्रशासन / डाक्टर सबै कोरोना रोकथामका लागि लागिपरेको अवस्था छ । कामकाजी पुरुष वा महिला सबैजना घरमा बस्न बाध्य भएको यो विषम परिस्थितिमा सबैजसो श्रीमानहरुले आफूसगँ बस्न सम्बन्ध राखिरहन बाध्य पारिएका छन् । श्रीमानले महिलामाथि हिंसा गरेको घटना धेरै छन् । यो भन्दा पहिला पनि महिलामाथि हिंसा र दुर्व्यवहारका धेरै घटना भएका छन् । महिलाको सुरक्षा अत्यन्त कठिन भएको छ, यतिबेला । महिलामाथि कुटपिट र दुर्व्यवहार भए, समाज र छरछिमेकमा त्यस्ता घटना भए कमसेकम अर्का छिमेकी छुटाउन जान्थे ।  पुलिस प्रशासनसम्म जानका लागि सहयोग गरी केहीसम्म भए पनि सुरक्षित हुन्थ्यो । तर आज एक अर्काको घरमा त के वरपर घर बाहिरसम्म कोरोना भाइरसका कारण निस्कन कोही सकिरहेको छैन । यस्तो अवस्थामा महिला बालबालिकामाथि हिंसा बढिरहेको छ ।

एकापट्टि घरखर्चको आर्थिक तनाव अर्काेपट्टी घरमा बसिरहँदा पतिका विभिन्न चाहना र उनीहरुको रिस पोख्ने ठाउँ हुनु पर्दा समस्यामा छन् महिलाहरु । हामीलाई थाहा छँदैछ कि, महिला जब परिवार र आफ्नो पतिप्रति आश्रित हुन्छन् र घरमै चुलो चाैकोमा सिमित हुन्छिन्,  कमजोर पारिवारीक आर्थिक अवस्थामा महिलामाथि कति घरेलु हिंसा हुन्छन् र अपमान सहनु पर्ने हुन्छ भनेर ।

अहिले कोरोना भाइरसका निहुँमा संसारभर महिला र बालिकामाथि हिंसाका घटना बढेको अवस्था हो । यतिबेला अर्थतन्त्र डामाडोल भइरहेको अवस्था अर्थात गरिखाने वर्गलाई मात्र नभएर मध्यम वर्गीय परिवार र सम्पन्न भनिएका परिवारमा पनि कुनै न कुनै कुराको आर्थिक संकट परिरहेको छ । यस्तो बेलामा आफ्ना रिस पोख्ने ‘पन्चिङ् व्याग ‘ बनाइएका छन् महिला र बालबालिका। लकडाउनले सबै मानिसलाई खालि समय दिएको छ र परिणामस्वरुप मानिसमा बेरोजगारीले मानसिक तनाव थपिएको छ । यस्तो बेला आफ्नो रिस पोख्ने भाँडो बनेका छन् महिला र बालबालिका ।

यस्तो अवस्थामा यिनीहरुमाथि दुर्व्यवहार गर्ने कुटपिट गर्ने जस्ता अपराधले बढावा पाइरहेको छ । नेपालमा ज्याला मजदुर गरेर आफू र आफ्नो परिवार पाल्दै आएका महिला सानो तिनो व्यापार व्यवसाय गरेर घर खर्च चलाएका महिलाकाे महामारीको कारण ठप्प छ । उनीहरु यतिबेला घरमा बस्न बाध्य छन् । एकापट्टी घरखर्चको आर्थिक तनाव अर्का पट्टी घरमा बसिरहँदा पतिका विभिन्न चाहना र उनीहरुको रिस पोख्ने ठाउँ हुनु पर्दा समस्यामा छन् महिलाहरु । हामीलाई थाहा छँदैछ कि, महिला जब परिवार र आफ्नो पतिप्रति आश्रित हुन्छन् र घरमै चुलो चाैकोमा सिमित हुन्छिन् कमजोर पारिवारिक आर्थिक अवस्थामा महिलामाथि कति घरेलु हिंसा हुन्छन् र अपमान सहनु पर्ने हुन्छ भनेर ।

अहिलेका महिला र बालबालिकामाथि हुने हिंसामा सल्लाह, सुझाव सेवा र परामर्श प्रदान गर्ने निकाय पुलिस प्रशासन, स्वास्थ्यकर्मी, सामाजिक अगुवा सबैजना कोरोना रोकथाम अभियानमै लागेका हुनाले यस्ता घटनाका पीडितहरुलाई यो समय मुस्किल भएको र अझ यो अवस्था रहिरहँदा अझै दर्दनाक बन्ने देखिन्छ । यस्ता घटनामा सहयोग गर्ने निकाय अहिले बन्द छन् । कोही पीडितहरू त लकडाउनका कारण उजुरी गर्न जान चाहे पनि सक्ने अवस्थामा छैनन् ।

नेपालमा २६ प्रतिशत महिला कुनै न कुनै घरेलु हिंसाबाट पीडित छन् भन्ने तत्थ्याङक्छ  । यस अवस्थामा महिला अझ बढी असुरक्षित भएका छन् । हुन त पहिलेको तुलनामा यतिबेला उजुरी घटेका छन् । तर आन्तरिक रुपमा हिंसा बढिरहेको छ । यसको एउटै कारण हो लकडाउन । जसले गर्दा महिला तथा महिला बालबालिका प्रहरी  कार्यालयसम्म उजुरी गर्न जान सकेका छैनन् ।

अहिले विश्वको परिदृश्यलाई हेर्दा कोभिड–१९ को महामारीले महिलालाई धेरै समस्या ल्याएको छ । ममाथि अत्याचार र हिंसा भयो, म समस्यामा परेँ भनेर कसैले भनेपनि प्रहरी प्रशासनले केश दर्ता गर्न नमानेको र घरभित्रको समस्या घरमै मिलाउनु भन्ने गरेको समेत पाइएको छ । यस्तो अवस्थामा सबैतिरबाट महिला बालबालिका पीडित भएका छन् । यसले गर्दा मानसिक र मनोसामाजिक असर पर्न सक्ने देखिन्छ । जसको परिणाम समाजमा भोली नकारात्मक असर पार्न सक्छ ।

पितृसतात्मक सोचले ग्रसित हाम्रो समाजमा महिलामाथि कामको बोझ पनि अत्यन्त बढेको छ । अझ सोसल मिडियाहरुमा हेर्दा त अचम्म नै लाग्छ । मैले आज यो पकाएँ, यो खुवाएँ भनेर महिला दिदीबहिनीहरुले नै पोष्ट गरिरहेका हुन्छन् । जसले गर्दा हुनेहरु त मानौ खुसी होलान् तर यसको प्रत्यक्ष असर गरिब परिवारमा परिरहेको हुन्छ । अहिले महिलाहरु आफै पनि सरकारले ल घरमा बस, पकाउ सबैलाई देखाउ अनि खाउ भनेजस्तो गर्ने गरेको पाइन्छ । यसले गर्दा कामको बोझ त बढेकै छ, अहिले के खुवाउनु ? भरे के खुवाउनु ? भन्ने मानसिक तनावका साथै आर्थिक तनाव पनि उत्तिकै छ । मलाई त लाग्छ, शारीरिक परिश्रम पनि हिंसा हो । तर अहिले खास गरी लकडाउनको बेला वैवाहिक बलात्कार कम छ भन्ने अवस्था छैन् ।

वैवाहिक बलात्कारका बारेमा कानुनी उपचार खोज्न पाईने भएपनि यसको अभ्यास नै कम भएको बेला पुरुषलाई भगवान मान्ने र सबै सहनुपर्छ भन्ने पितृसत्तात्मक सोचका कारण मन नलागेपनि पतिसँगै याैन सम्बन्ध राख्नुपर्ने बाध्यता हाम्रो समाजमा छ । मन नलागे पनि पतिको इच्छा पूरा गर्न विस्तारा बन्नु पर्ने बाध्यता छ । यस्तो कार्यले यति बेला बढावा पाएको छ । यसको बारेमा खासै चर्चा नभए पनि वैवाहिक बलात्कारले महिलालाई मानसिक र शारीरिक दुवै पीडा दिईरहेको हुन्छ ।

अहिले लकडाउन र क्वारेन्टाईनमा बस्ने महिलाको अवस्था हेर्ने हो भने अत्यन्त दर्दनाक पनि  छ । क्वारेन्टाईनमा बस्ने महिलाको अवस्था अत्यन्तै असहज छ । सञ्चार माध्यम अनुसार बच्चा लिएर सात दिन लगाएर हिँडेर दार्चुलाको बोडरमा अड्केर बसेकी ७ महिनाको बच्चा बोकेकि महिला हुन् कि रामपुरको क्वारेन्टाईनमा बसेकी गर्भवती महिला हुन् वा घरमा बसेर परिवारको स्याहार गरेकी महिलाको पीडा सबै उस्तै छन्  ।  क्वारेन्टाईनको व्यवस्थापन मापदण्ड अनुसार कहीं छैन । त्यसमाथि महिला र बालबालिकाको संवेदनशिलता हेर्ने कोशिस भएको पनि पाइँदैन । गर्भवती महिला सुत्केरी बच्चासगँका महिलाको पीडा आममानिससँग तुलना गर्न सक्ने अवस्था छैन तर सम्बन्धित पक्षले ध्यान दिन सकिरहेको छैन । यस्तो अवस्थामा पौष्टिक तत्वको अभावले महिलाको महिनावारी हुन सक्छ । भित्री वस्त्रको व्यवस्था छैन । शौचालय एउटै छ, कपडा छैन । जस्तोसुकै अवस्थामा पनि महिलालाई सुरक्षित बनाउन गाह्रो भएको  छ ।

स्थानीय निकायहरुले गरेको महत्वपूर्ण काम भनिएको राहत वितरणमा गरिब हेरिएकाे पाइन्छ । महिलाको संवेदनशलितातर्फ कसैको ध्यान गएको पाइँदैन ।  सुत्केरी,गर्भवती तथा दीर्घरोगी र अपाङ्ग बालबालिकालाई दाल र भातले मात्र हुन्छ त ? यस्ता समाजिक विषयमा ध्यान जान आवश्यक छ । अहिले प्रत्येक नागरिकले असहज परिस्थितिमा सरकारलाई सहयोग गर्न जरुरी छ । त्यसैले हामी बाचाैं र हाम्रालाई बचाउँ । सामाजिक ऐक्यवद्धताका साथमा भौतिक दूरी कायम गरौँ र कोरोनासँग एकजुट भएर लडौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…

व्यावसायिक काममा फाइदा हुनेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

यस्ता गम्भीर त्रुटी फेला परेपछि भाषाका अंग्रजहरूमाथि पनि  प्रश्न चिन्ह खडा भएको छ ।