आईसोलेशन बेड बनाउन स्थानीयद्वारा विरोध, कोरोना संक्रमित क्वारेन्टाईन मै बस्न बाध्य

अनिल यादव
नवलपरासी । पश्चिम नवलपरासीमा कोभिड–१९ लाई लक्षित गरी बनाउने आईसोलेशन बेडको उचित ठाउँ नभएको भनी स्थानीयले विरोध जनाएका छन् । रामग्राम नगरपालिकाको वडा नम्बर ४ स्थित पाल्ही क्पाम्पसमा आईसोलेशन बेड बनाउने तयारीलाई स्थानीयले विरोध गरेका छन् ।

बस्तीको नजिक भएकाले जोखिम बढ्ने भन्दै जितपुरका स्थानीयले विरोध गरेका हुन् । आईसोलेशन बेडमा कोरोना संक्रमितलाई नै राख्ने भएकाले त्यसबाट जितपुरका स्थानीयको स्वास्थ्यमा असर पर्ने उनीहरुको भनाइ छ । ति संक्रमितबाट बस्तीमा पनि सर्न सक्ने भन्दै पाल्ही क्याम्पसमा कुनै हालतमा आईसोलेशन बन्न नदिने स्थानीय समाजसेवी चौथीप्रसाद कोहांरले बताउनुभएको छ ।

जिल्लास्तरी कोरोना आईसोलेशन बेड बनाउने समाचार सुनेपछि स्थानीयहरु त्रसित र अतांकित बन्न गए, जसको कारणले हामीले क्याम्पस भवन अगाडि नै विरोध जनाएका छौं कोहारले भन्नुभयो । जितपुरका स्थानीयहरुले नगरपालिकाले अन्य ठाँउ नपाएको हो र ? यहाँ बनाउन थालेको भन्दै प्रश्न गरेका छन् । कहाँ जोखिम हुन्छ र कहाँ हुँदैन भनेर नगरपालिकाले सोच्नु पर्ने उनीहरुको भनाइ छ ।

रामग्रामका दुई संक्रमित क्वारेन्टाईन मै
यस्तै हिजो मात्रै पश्चिम नवलपरासीमा ३ जना कोरोना संक्रमित थपिएका छन् । सिमावर्ती गाउपालिका सुस्ताको वडा नं. ५ का ३३ वर्षीय एक पुरुष र सदरमुकाक स्थित रामग्राम नगरपालिकाको वडा नम्बर ३ का ३५ वर्षीय युवा र वडा नम्बर १८ की १५ वर्षीया बालिका रहेकि छिन् । सुस्ताको संक्रमितलाई भैरहवास्थित भीम अस्पतालको आईसोलेशनमा राखिएको छ भने रामग्राम नगरपालिकाको दुई संक्रमितलाई क्वारेन्टाईन मै राखिएको छ । उनीहरुलाई सदरमुकास्थित आर्दश माविको क्वारेन्टाईन मै राखिएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरब ढकालले बताउनुभएको छ । अहिलेसम्म पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…