सडक सुनसान, भित्रि गल्लीमा अपरिचितलाई प्रवेश निषेध

काठमाडाैं । कोरोना भाइरस (कोभिड—१९) को संक्रमण न्यूनिकरणका लागि सरकारले जारी गरेको लकडाउनको ६१ दिन पुगेको छ । गत चैत ११ गतेबाट जारी गरिएको लकडाउन पटक पटक समय थप गर्दै जेठ २० गतेसम्म पुर्याइएको छ ।

लकडाउनपछि अत्यावश्यक सेवाका सवारी र पासबाहक सवारी सञ्चालनमा रहेपछि भित्रि सडकहरु सुनसान जस्तै देखिएका छन् । अत्यावश्यक सवारीहरु भित्रि सडकमा पनि गुडेका छन् तर न्यून मात्रामा । चोक चोकमा ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेको छ । उपत्यकाको भित्रि क्षेत्रमा रहेका प्रायः सटरहरु बन्द रहेका छन् । बिहान र बेलुकीको निश्चित समयमा खाद्यान्न र तरकारी पसल सञ्चालनमा रहेपनि दिउँसो समयमा भने पूर्ण रुपमा बन्द छन् ।

पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि सरकारले उपत्यकामा कडाई गरेको छ । पास वितरणमा कडाई गर्नुका साथै उपत्यका छिर्ने सवारीसाधन र व्यक्तिहरुको चेकजाँचमा पनि कडाई गरेको छ । उपत्यकामा पनि संक्रमितको संख्या बढ्दै गएपछि सतर्कता बढाउन सरकारले सम्पूर्णमा आग्रह गरेको छ । भित्रि गल्लिहरुमा स्थानीयहरुले नै अपरित व्यक्तिलाई प्रवेश निषेध गरेका छन् ।

साँझपखको समयमा उपत्यका पूर्ण सुनसान देखिन्छ । केही ठाउँमा सडकबत्ति र होडिङ बोर्डहरु बलेको देखिएपनि सडकमा प्रायः गाडि देखिँदैनन् । अत्यावश्यक सेवाका सवारी साधन र सुरक्षाकर्मीका सवारी साधन बढी देखिन्छन । रातिको समयमा पनि ट्राफिक प्रहरी र सुरक्षाकर्मीहरुले सुरक्षा जाँचलाई पनि निरन्तरता दिएको पाइएको छ ।

सरकारले चैत ११ गते पहिलो पटक एक साताका लागि लक डाउन घोषणा गरेको थियो । त्यसपछि एक साता समय थप गर्दै चैत २५ गतेसम्म लक डाउन गरियो । तेस्रो पटक मिति थप्दै वैशाख ३ गतेसम्म लम्बिएको लकडाउनलाई चौथो पटक १२ दिन थपेर बैशाख १५ गतेसम्म पुर्याइयो । त्यसपछि पुनः १० दिनका लागि लक डाउन थप भएर बैशाख २५ सम्म पुग्यो र सरकारले छैटौँ पटक जेठ ५ गतेसम्म लक डाउनको अवधि थप्यो । संक्रमणको दर बढ्दै गएपछि सरकारले जेठ २० गतेसम्म पुनः लक डाउनको अवधि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…