घरमै नमाज पढ्न मुस्लिम आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मुस्लिम आयोगले इद–उल–फित्रका दिन घरमै बसेर नमाज पढन आग्रह गरेको छ । आयोगका अध्यक्ष समिम मिया अन्सारीले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले घरमै बसेर इदको नमाज आदा गर्न आग्रह गर्नुभएको हो ।

रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईदु–उल–फित्रका दिन मस्जिदमा गई सामुहिक नमाज आदा गर्ने प्रचलन रहेको छ । रमजानको सुरुको दिन पनि कोरोना भाइरस संक्रमणको जोखिमलाई ख्याल गर्दै इस्लाम धर्मावलम्बीहरुले घरमै बसेर नमाज आदा गरेका थिए ।

आयोगका अध्यक्ष अन्सारीले देशभर रहेका इस्लाम धर्मावलम्बीहरुलाई ईदका दिन सबै नागरिकको सुरक्षाका लागि आफ्नो खुशी त्यागेर भएपनि घरमै बसेर नमाज पढ्न आग्रह गर्नुभयो । उहाँले ईदको नमाज पढेपछि छरछिमेकमा पुगी एकअर्कामा शुभकामना आदान प्रदान नगर्न समेत आग्रह गर्नुभयो । यस्तै अध्यक्ष अन्सारीले देशको कुनैपनि ठाउँबाट आज (शनिबार) चन्द्रमा देखिए आइतबार इद–उल–फित्र मनाउने नभए सोमबार मात्रै इद–उल–फित्रको नमाज आदा गरिने बताउनु भयो ।

इस्लाम धर्मावलम्बीहरु रमजान महिनामा दिनभर निराहार वर्त अर्थात रोजा (उपवास) बसेर नमाज आदा गर्ने गर्दछन् । रमजानको अन्तिम दिन इद–उल–फित्र नमाज आदा गरेपछि एक महिना लामो उपवास तोडिने छ । आइतबार रमजान महिनाको अन्तिम (३० औं) दिन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…

काठमाडौं । आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून…

मेष– घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा…

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

काठमाडौं । नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन् । प्रहरी…

मेष– भाग्यले साथ दिनेछ, पुरानो काममा प्रगति हुनेछ । वृष– आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ । मिथुन– व्यवसायिक यात्रा हुनेछ,…