नगद दुई लाखसहित गेष्ट हाउसबाट पाँच जना जुवाडे पक्राउ

धनुषा । नगद २ लाखभन्दा बढी रकमसहित पाँच जना जुवाडे पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका–९ पिडारी चोकस्थित जानकी बाटिकाको गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा २ लाख सात हजार पाँच सय ८२ रुपैयाँ नगदसहित पाँच जना पक्राउ परेका हुन् ।
जुवातास खेलिरहेको भन्ने स्थानीयको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।