बालुवा लोड गर्दै गरेका ४ ट्याक्टर प्रहरी नियन्त्रणमा

हिमलाल पराजुली
स्याङ्जा । लकडाउनको समयमा अवैध रुपमा बालुवा उत्खनन् गर्नुका साथै ओसारपसार गरेको भन्दै प्रहरीले चारवटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पुतलीबजार नगरपालिका-१० लामापाटास्थित आँधीखोलामा शनिबार दिउसो बालुवा लोड गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

आँधीखोलामा बालुवा लोड गरिरहेकाे भन्ने सूचना पाएपछि पुगेको प्रहरीको टोलीले ट्याक्टरलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको र आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक बिमलराज कँडेलले जानकारी दिनुभयो ।

बालुवा लोड गरिरहेको अवस्थामा ग १ त ५९०३, ग १ त ४७६६, ग त ५७४० र ग १ त ४२०९ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून…

मेष– घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा…

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

काठमाडौं । नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन् । प्रहरी…

मेष– भाग्यले साथ दिनेछ, पुरानो काममा प्रगति हुनेछ । वृष– आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ । मिथुन– व्यवसायिक यात्रा हुनेछ,…

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।