मृतक शिक्षकका गाउँका एक जनामा कोरोना पुष्टि

हुमाकान्त पोखरेल
गुल्मी । गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ मा थप एक जनामा कोरोना पुष्टि भएको छ । शनिबार आएको पीसीआर रिपोर्टमा ३१ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले पुष्टि गरेको छ । बाँकी ४ जनाको भने रिपोर्ट नेगेटिभ आएको छ ।

रिपोर्ट पोजेटिभ आएका उनी बैंकका कर्मचारी हुन् । मदानेका ४१ वर्षका शिक्षकमा जेठ ५ गते कोरोना पुष्टि भएपछि अर्को दिन स्वास्थ्य कार्यालय गुल्मीको समूहले उनीसँग प्रत्यक्ष सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन गरेको थियो । जसमध्ये शुक्रबार २५ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । तर शनिबार रिपोर्ट आएका पाचँ जनामध्ये एक जनामा कोरोना पुष्टि भएको हो ।

उनलाई तत्कालका लागि मदाने गाउँपालिकाकै आइसोलेशन कक्षमा राख्ने तयारी भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यका अनुसार मदानेका दुई जनामा पुष्टि भएको कोरोनाको स्रोत अझैसम्म थाहा हुन सकेको छैन । तर एक जनामा कोरोना पुष्टि भएको कम्तिमा सात दिनपछि अन्यको पीसीआर गर्नुपर्ने उनको भनाइ छ ।

केही दिनअघि बुटबलमा मृत्यु भएका शिक्षकबाट उनमा कोरोना सरेको आचार्यले बताए । अब गुल्मीका सबै स्थानीय तह सिल गरी परीक्षणको दायरा बढाउनु पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…