पाकिस्तानी जेलमा काेराेना संक्रमण फैलियाे

काठमाडाैं । पाकिस्तानको कराँचीस्थित जेलमा मात्रै ३ भन्दा बढी बन्दी कोरोना भाइरसबाट संक्रमित भएका छन् । कराँची केन्द्रीय जेलभित्र पर्याप्त सतर्कता र सुविधामा ध्यान नदिइएकाले कैदीहरुमा संक्रमण फैलिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

शनिबार सार्वजनिक भएको विवरणअनुसार क्षमताभन्दा बढी कैदी राखिएकाले पनि धेरैजनामा संक्रमण फैलिएको बताइएको छ । कारागारका अधिकारीहरुले संक्रमित र संक्रमण नभएका कैदीहरुलाई अहिले छुट्टा–छुट्टै राखिएको जानकारी दिएका छन् ।

छिटो संक्रमण फैलिएको देखिएपछि अहिले अस्पतालका सबै कैदी, सुरक्षाकर्मी, प्रशासनिक कर्मचारीलगायतको पनि कोरोना परीक्षण गरिएको छ । कारागारमा पहिलो संक्रमित यही मे ११ तारिखका दिन पुष्टि भएको थियो ।

त्यसपछि अरु केही व्यक्तिहरुमा देखिएको थियो । अहिले त्यो दिन–प्रतिदिन बढ्दै गइरहेको पाइएको छ । आजसम्ममा पाकिस्तानमा कोरोना भाइरसबाट ५२ हजारभन्दा बढी संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…

काठमाडौं । आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून…

मेष– घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा…

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

काठमाडौं । नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन् । प्रहरी…

मेष– भाग्यले साथ दिनेछ, पुरानो काममा प्रगति हुनेछ । वृष– आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ । मिथुन– व्यवसायिक यात्रा हुनेछ,…