कोरोना अपडेट : मृत्यु हुनेको संख्या ३ लाख ४३ हजार नाघ्यो, ५४ लाख बढी संक्रमित

काठमाडौं । विश्वभर कोरोना भाइस संक्रमणबाट जीवन गुमाउनेको संख्या आइतबार बिहानसम्म ३ लाख ४३ हजार ७ सय ९८ पुगेको छ ।
विश्वमा अहिलेसम्म ५४ लाख १ हजार २ सय २२ जनालाई कोरोना लागिसकेको छ । त्यसमध्ये २२ लाख ४७ हजार ९८ जनाले भने कोरानालाई जित्न सफल भएका छन् । २८ लाख १० हजार ३ सय २६ जना अझै कोरोनाविरुद्ध संघर्ष गरिरकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोनाको कारण अन्य मुलुकको तुलनामा विश्वकै शक्तिशाली राष्ट मानिएको अमेरिकामा धेरैले जीवन गुमाएका छन् । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा १६ लाखभन्दा बढी संक्रमित छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै एक लाख पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा १६ लाख २१ हजार ६ सय ५८ जनामा संक्रमण पुष्टि हुँदा मृतकको संख्या ९७ हजार ४८ छ ।

यसैगरी रुसमा ३ लाख ३५ हजार ८ सय २२ जनामा संक्रमण भएको छ भने ३ हजार ३ सय ८८ जनाको मृत्यु भएको छ । ब्राजिलमा ३ लाख ३ हजार ८ सय ९० जना संक्रमित छन् भने २१ हजार ४८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

बेलायतमा २ लाख ५८ हजार ५ सय ४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३६ हजार ७ सय ५७ छ ।स्पेनमा २ लाख ३५ हजार २ सय ९० जना संक्रमित हुँदा मृतकको संख्या २८ हजार ६ सय ७८ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…