काठमाडाैं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५४ लाख २९ हजार ८ सय नाघेको छ । ३ लाख ४४ हजार ४ सय ६५ जनाको मृत्यु भएको छ । २२ लाख ६९ हजार ८ सय भन्दा बढी उपचार पछि घर फर्किएका छन् ।
सबैभन्दा बढी अमेरिकामा १६ लाख ६७ हजार ४ सय ३७ जना भएका छन् । त्यसैगरी मृतकको संख्या ९८ हजार ६ सय ९१ पुगेको छ ।
दोस्रो स्थानको ब्राजिलमा ३ लाख ४९ हजार एक सय १३ जना संक्रमित हुँदा २२ हजार १ सय ६५ जना संक्रमित भएका छन् ।
तेस्रो स्थानको रुसमा आइतबार ८ हजार ५ सय ९९ जना नयाँ संक्रमित थपिएर जम्मा संक्रमितको संख्या तीन लाख ४४ हजार ४ सय ८१ पुगेको छ । मृतक ३ हजार ५ सय ४१ पुगेका छन् ।
दक्षिण एसियामा भारत ११औं स्थानमा छ । अहिलेसम्म १ लाख ३१ हजार ९ सय २० जना संक्रमित हुँदा ३ हजार ८ सय ६९ जनाको मृत्यु भएको छ ।
पाकिस्तानमा ५४ हजार ६०१ जना संक्रमित हुँदा १ हजार १ सय ३३ जनाको मृत्यु भएको छ ।
बंगलादेशमा ४ सय ५२, अफगानिस्तानमा २ सय १८, श्रीलंकामा ९ तथा माल्दिभ्समा ४ जनाको मृत्यु भएको छ । भुटानमा भने हालसम्म २४ जनामात्र संक्रमित छन् ।
नेपालमा हालसम्म ६ सय ३ जना संक्रमित भएका छन् । संक्रमणबाट ३ जनाकाे मृत्यु भएकाे छ भने एक जना गम्भीर बिरामी रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।