प्रहरी र तस्करबीच झडप : एकको मृत्यु, हवल्दारसहित ३ प्रहरी घाइते

महोत्तरी । रामगोपालपुर नगरपालिकामा प्रहरी र तस्करबीच झडप भएको छ । प्रहरी र तस्करबीच नगरपालिकाको वडा नम्बर ७ सहसौलामा आइतबार राति झडप भएको हो ।

झडपमा रामगोपालपुर –७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजनको मृत्यु भएको छ । उनी लागुऔषध कारोबारीसँग रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । लागुऔषध कारोबारी भनिएका त्यही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र र २७ वर्षीय राहुल यादवलाई पक्राउ पक्राउ परेको प्रहरीले जनाएको छ ।

लकडाउनका बेला ठूलो मात्रामा लागुऔषध कारोबार भइरहेको सूचना पाएपछि प्रहरी राति त्यस ठाउँमा गएको हो ।प्रहरीले घर घेरेर लागूऔषधबारे अनुसन्धान गर्न खोज्दा तस्कर समूहले आक्रमण परेपछि झडप भएको हो ।

प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा राजनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । घटनास्थलबाट केही मात्रामा लागुऔषध नाइट्रोभेट बरामद गरिएको गरिएको प्रहरीले जनाएको छ ।

झडपमा प्रहरी हवल्दार सञ्जीव पासवान तथा जवानद्वय रामविहारी पासवान, मनोज साह र लालबाबु यादव घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल जलेश्वरमा भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

लकडाउनका कारण चैत ११ गतेबाट सार्वजनिक यातायातहरु बन्द रहेका छन् ।

केन्द्रीय सदस्यहरुले सत्याग्रहमा पार्टीलाई एकीकरणको भावना र सहमति अनुसार एकतावद्ध लैजानु पर्ने माग गरेका छन् ।

घाइते सबैको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले कुटपिट गरेका ६ मध्ये २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सप्तरी प्रहरीमा पनि कोरोना संक्रमणको त्रास बढेको छ ।

काठमाडौं । औषधि व्यवस्था विभागले दुई प्रकारका औषधि बिक्रीवितरणमा रोक लगाएको छ । विभागले न्यून गुणस्तरको रहेको जनाउँदै लोमस फर्मास्युटिकल्स…

कोरोना महामारीका कारण झरना अवलोकनमा आउने बाह्य पर्यटक घटे पनि आन्तरिक आगन्तुक बढिरहेका छन् ।