लागुऔषध बेचबिखनमा संलग्न ३ सार्वजनिक

काठमाडौं । धरानमा लागुऔषध बेचबिखन गर्ने ३ जनालाई इलाका प्रहरी कार्यालय धरानले सार्वजानिक गरेको छ । लागुऔसधसहित पक्राउ परेका धरान १३ की २५ बर्षीया समिया लिम्बु, धरान १३ का २९ बर्षीय मन्दिप मगर र धरान १५ बाँझोगराका ४३ बर्षीय घनश्याम राईलाई प्रहरीले सार्वजानिक गरेको हो ।।

उनीहरुलाई धरानको एक घरमा डेरामा लिएको कोठामा लागुऔषध बेचबिखन भईरहेको भन्ने गोप्य सूचनाका आधारमा शनिबार राती ९ बजे प्रहरीले पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यलय धरानका अनुसार मन्दिपको साथमा १ सय ५० मिलिग्राम खैरो हेरोइन र १ थान मोबाइल सेट पाइएको थियो ।

यस्तै, घनश्याम र समियाको कोठाबाट ३ ग्राम खैरो हेरोइन गरी जम्मा ३ ग्राम १ सय ५० मिलिग्राम खैरो हिरोइन र १५० ट्याबलेट नाईट्रोजन सहित ८३ हजार नगद बरामद भएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीका विधानमा लेखिएका कुरा पनि समकालीन अर्थराजनीतिका प्रतिविम्ब हुने गर्छ । यसैले राजनीतिक कुरा नै सर्वोपरी हो ।

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा २९ जना बेपत्ता भएका छन्…

काठमाडौं । अविरल वर्षाका कारण बाढीपहिरोले मुलुकको विभिन्न ठाउँमा गरी १४ जनको मृत्यु भएको छ । बाढीपहिरोमा ४५ जना बेपत्ता…

काठमाडौं । अविरल वर्षाको कारण पानीको बहाव बढेपछि सप्तकोशी नदीमा रातो झण्डा राखिएको छ । नदीमा पानीको बहाव  खतरासूची भन्दामाथि…

काठमाडौं । गर्भवती भन्नाले महिला बुझिन्छ । तर कहिले काँही अनौठा घटना समेत हुने गर्छ । भारतको उत्तर प्रदेशमा त्यस्तै…

काठमाडौं । लकडाउनको कारण सार्वजनिक बस बन्द भएको अवस्थामा निजी सवारी साधानले चर्को भाडा लिएर यात्रु बोक्न थालेका छन् ।…