सुदूरपश्चिममा ट्रिपरमा मान्छे ओसारिँदै, प्रदेश मौन !

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढिरहेकाे बेला मजदुरीमा भारतका विभिन्न शहरमा गएका नेपाली फर्किने क्रम जारी छ । कैलालीको गौरीफन्टा नाकाबाट दैनिक हजारौँको संख्यामा नेपाली नागरिक स्वदेश भित्रिरहेका छन् । भारतका स्थानीय सरकारले नेपाली मजदुरहरुलाई सीमा नाकासम्म पुर्याउने व्यवस्था गरेका छन् भने कतिपय नेपाली आफ्नै पैसा खर्च गरेर रिजर्भमा भित्रिरहेका छन् । नेपालमा कोरोनाको कहर दिन प्रतिदिन बढिरहेका बेला सावधानी अपनाउनुपर्ने भए तापनि विभिन्न ठाउँमा मानिसको लापरबाहीले जोखिम देखिएको छ । हालसम्म भारतबाट भित्रिएकाहरुलाई कोरोना संक्रमणको जोखिम छ।

अहिले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भारतबाट दैनिक ज्याला मजदूरी गरेर फर्किनेहरुको ताँती लागेको छ । भारतमा समेत रोजगारी गुम्दै गएपछि निसास्सिएका नेपालीहरु आफ्नै भूमिमा मेलापात गरेर खाने भन्दै फर्किरहेका छन् । यो बाध्यात्मक परिस्थितिमा सरकारको कमजोर तयारीका कारण धेरै नेपाली समस्या भोग्दै आएका छन् । कैलालीका केही स्थानीय तहले ट्रिपरमा मानिस ओसारिरहेका छन् । भारतबाट सुरक्षित भएर फर्किएका नेपाली गौरीफन्टा नाकामा पुगेर टिपरको यात्रा गर्न बाध्य बनेका छन् । मानवियताको सामान्य मापदण्ड समेत नअपनाई गाईगोरु कोचिएजस्तै भारतबाट फर्किएका नागरिकलाई स्थानीय तहसम्म पुर्याउँदा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । सोमबारमात्रै टिकापुर नगरपालिकाले टिपरमा मानिस ओसारेको छ । जसको कुनै मापदण्ड छैन । टिकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावललाई सम्पर्क गर्दा फोन उठेन ।

सीमामा आएका नेपालीलाई व्यवस्थापन गर्नु प्रदेश सरकारको दायित्व हो, तर प्रदेशको फितलो उपस्थितिले भारतबाट फर्केका नागरिक कष्टकर जीवन बिताउन बाध्य भएका छन् । सुदूरपश्चिम प्रदेश कोरोनाको जोखिमबाट अछुतो छैन भन्ने हेक्का हुँदाहुँदै पनि प्रदेशको लापरबाहीले सीमामा नेपाली अलपत्र छन् । स्थानीय तहले जेनतेन गरी आफ्ना नागरिकलाई घरसम्म पुर्याउन प्रयास गरेपनि झन् जोखिम बढ्दै गएको छ । सामाजिक दूरीको कुनै ख्याल नगरी र स्थानीय तहमा राखेका कर्मचारी, सवारी चालकलाई परिचालन नगरी आलटाल गर्ने प्रवृत्तिले जोखिम बढाएको छ । प्रदेशले आफ्नो लगानीमा धनगढीमा व्यवस्थित क्वारेन्टाइन निर्माण गर्नुपर्ने र सवारीमा नअटाएकाहरुलाई केही दिन त्यहाँ व्यवस्थापन गर्नुपर्ने भएपनि त्यो देखिएको छैन ।

स्थानीय तहका अनुसार केन्द्र र प्रदेश सरकारले विदेशबाट फर्किएकाहरुको व्यवस्थापनका लागि चाँसो देखाएको छैन । एक स्थानीय तहका प्रमुखले भन्नुभयो, ‘दिन प्रतिदिन भारतबाट भित्रिनेको संख्या बढिरहेको छ, सवारी साधन सिमित छन्, स्थिति भयावह हुने देखिएको छ ।’ संकटको बेलामा प्रदेश र स्थानीय तहको समन्वय हुनुपर्ने भएपनि त्यो देखिएको छैन । भारतबाट आएका एक नागरिकका अनुसार उताबाट आउँदा सुरक्षित भएपनि सीमामा आउँदा मापदण्ड अपनाइएको पाइएन । ट्रिपरमा गोरु कोचिएजस्तै राखेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा २९ जना बेपत्ता भएका छन्…

काठमाडौं । अविरल वर्षाका कारण बाढीपहिरोले मुलुकको विभिन्न ठाउँमा गरी १४ जनको मृत्यु भएको छ । बाढीपहिरोमा ४५ जना बेपत्ता…

काठमाडौं । अविरल वर्षाको कारण पानीको बहाव बढेपछि सप्तकोशी नदीमा रातो झण्डा राखिएको छ । नदीमा पानीको बहाव  खतरासूची भन्दामाथि…

काठमाडौं । गर्भवती भन्नाले महिला बुझिन्छ । तर कहिले काँही अनौठा घटना समेत हुने गर्छ । भारतको उत्तर प्रदेशमा त्यस्तै…

काठमाडौं । लकडाउनको कारण सार्वजनिक बस बन्द भएको अवस्थामा निजी सवारी साधानले चर्को भाडा लिएर यात्रु बोक्न थालेका छन् ।…

पार्टीका विधानमा लेखिएका कुरा पनि समकालीन अर्थराजनीतिका प्रतिविम्ब हुने गर्छ । यसैले राजनीतिक कुरा नै सर्वोपरी हो ।