कोरोना अपडेट : मृत्यु हुनेको संख्या ३ लाख ४७ हजार नाघ्यो, ५५ लाख ८२ हजार संक्रमित

काठमाडौं । विश्वभर कोरोना भाइस संक्रमणबाट जीवन गुमाउनेको संख्या सोमबार बिहानसम्म ३ लाख ४७ हजार ५ सय ६४ पुगेको छ ।
विश्वमा अहिलेसम्म ५५ लाख ८२ हजार ४ सय ३० जनालाई कोरोना लागिसकेको छ । त्यसमध्ये २३ लाख ६१ हजार ९१ जनाले भने कोरानालाई जित्न सफल भएका छन् । २८ लाख ७३ हजार ७ सय ७५ जना अझै कोरोनाविरुद्ध संघर्ष गरिरकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोनाको कारण अन्य मुलुकको तुलनामा विश्वकै शक्तिशाली राष्ट्र मानिएको अमेरिकामा धेरैले जीवन गुमाएका छन् । कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नजिक पुगेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ५०४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९९ हजार ८०४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १९ हजार ७१८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १७ लाख ६ हजार १५४ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ४ लाख ६२ हजार ७६४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख ४३ हजार ५८६ जनामध्ये १७ हजार ११४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै, कोरोना भाइरसको महामारीले ब्राजिलमा २३ हजार ४७३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७५७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २३ हजार ४७३ जना पुगेको हो । एकै दिन ११ हजार २८० जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ३ लाख ७४ हजार ८९८ पुगेको छ ।

त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ४४ हजार ९५० पुगेको छ । एकै दिन थप ६ हजार ४१४ जनामा संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार १७२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १४८ जनाको मृत्यु भएको छ । नेपालमा यो समाचार तयार पार्दासम्म ६ सय ८२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने ४ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…