पत्रकार महासंघले बाँड्यो पत्रकारलाई स्वास्थ्य सामग्री

आशिष बहादुर सिंह
धनगढी । नेपाल पत्रकार महासंघको सुदूरपश्चिम प्रदेश समितिले पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । कोरोना भाइरस संक्रमितको संख्या बृद्धी हुने क्रम बढ्न थालेपछि प्रत्यक्ष समाचारमा खटिने पत्रकार जोखिममा रहेको भन्दै महासंघले स्वास्थ्य सामग्री वितरण गरेको हो । समाचार संकलनमा खटिएका पत्रकारलाई न्युनतम स्वास्थ्य सुरक्षा सामग्रीको अभाव भएको महशुस गर्दै महासंघको प्रदेश समितिले प्रदेशका विभिन्न जिल्लामा पुगेर पत्रकारलाई राहत हस्तान्तरण गरेको छ । महासंघले पत्रकारहरुलाई वितरण गरेका सामग्रीहरुमा एन ९५ मास्क, ग्लोब्स र सेनिटाइजर लगायत छन् ।

महासंघको टोलीले बझाङका पत्रकारलाई आइतबार स्वास्थ्य सामग्री वितरण गर्नुका साथै पत्रकारको व्यक्तिगत र पेशागत सुरक्षा अवस्थाको जानकारी लिएको छ । स्वास्थ्य सामग्री वितरणका लागि नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिका अध्यक्ष अर्जुन शाह, महासचिव योगेश रावल, सदस्य भिम चौधरी र विराज रोस्यारासहितको टोली बझाङ आएको हो । टोलीले बझाङका पत्रकारहरुले कोरोना महामारीको बेलामा भोग्नुपरेका समस्याबारे एक छलफल समेत गरेको छ ।

पत्रकारहरुहरुले समाचार संकलनको क्रममा उत्पन्न जोखिम, स्वास्थ्य सामग्रीको अभाव, लकडाउनका कारण सञ्चार क्षेत्रमा देखिएका समस्याबारे महासंघको टोलीलाई जानकारी गराएका थिए । संचार गृहहरुले समयमै तलब नदिने र कामबाट निकाल्ने जस्ता गतिविधि गरिरहेको तर्फ महासंघको ध्यान जानुपर्नेमा पत्रकारहरुले महासंघका नेताहरुलाई सचेत गराएका छन् । पत्रकारहरुले सदरमुकाम चैनपुरमा डेरा गरी बस्ने कतिपय पत्रकारलाई दैनिक खाना र कोठा भाडा तिर्नसमेत समस्या हुने गरेकोले राहतको लागि पहल गरिदिन महासंघलाई अनुरोध गरेका छन् ।

छलफलका क्रममा महासंघका प्रदेश अध्यक्ष अर्जुन शाहले संकटको समयमा प्रदेश समितिले दिएको साथले सबैको आत्मविश्वास बढ्ने र सजग रहँदै क्रियाशिलता बढाउन पत्रकारहरुलाई अनुरोध गर्नुभयो । महासचिव योगेश रावलले संकटको बेलामा समाचार सामग्री तयार गर्दा र रिर्पाेटिङमा जाँदा उच्च नैतिकता देखाउनुपर्नेमा जोड दिए । पत्रकारका समस्या समाधानका लागि महासंघद्वारा प्रदेश र जिल्ला तहमा समन्वय तीव्र बनाइएको रावलको भनाइ छ ।

महासंघ बझाङ शाखाका उपाध्यक्ष सम्राट सिंह भन्छन्, ‘जिल्लामा स्वास्थ्य सुरक्षा सामग्री नपाइरहेको अवस्थामा प्रदेश समितिले उपलब्ध गराउनु सकारात्मक छ, सुरक्षा सामग्री नभएका कारण जोखिमपुर्ण तरिकाले रिर्पाेटिङ गरिरहेका साथीहरुलाई उपलब्ध स्वास्थ्य सामग्रीले ठूलो राहत हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

एकै दिन विश्वभर २ लाख २८ हजार १ सय २ कोरोना संक्रमित थपिएको हो ।

खाना खाइसकेर ती व्यक्ति शिर झुकाएर फटाफट होटलबाट निस्किए ।

बाढी पहिरो पीडितहरुलाई तत्काल उद्वार गरी सार्वजनिक भवन र विद्यालयहरुमा राख्न सकिने विषयमा छलफल भएको छ ।

गोकर्नेश्वर नगरपालिकाका ५४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

बैतडी । लकडाउनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन नपाएका बैतडीका विद्यार्थीको आन्तरिक मूल्याङ्कन सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा…

काठमाडौं । केही दिनयता मुलुकको विभिन्न ठाउँमा गएको पहिरोमा जीवन गुमाउनेको संख्या ५५ पुगेको छ । पहिरोमा अझै ५३ जना…