काठमाडौंको टोखा सिल

काठमाडौं । काठमाडौंको उत्तरस्थित टोखा नगरपालिका सिल भएको छ । कोरोना भाइरस संक्रमण फैलिन थालेपछि नगरपालिकाले मातहतका क्षेत्र सिल गरेको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थपिएका ७२ संक्रमित मध्ये २ जना टोखा नगरपालिकाका छन् ।

नगरपालिका वडा नम्बर ३ टोखा बजार जाने उकालो नजिक र वडा नम्बर ६ को धनेश्वरबाट ढलमलटार जाने बाटोमा भाडामा बस्ने २ पुरुषमा कोरोना संक्रमण देखिएको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका २ जनामा कोरोनादेखिएसँगै त्यस क्षेत्रलाई सिल गरिएको जानकारी दिनुभयो ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढेपछि टोखा नगरपालिकाले आरडिटी र पिसीआर परीक्षणलाई तीब्रता दिएको थियो । टोखाले अहिलेसम्म ८ सय भन्दा बढी व्यक्तिको आरडिटी गर्दा १३ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुलाई पिसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा २९ जना बेपत्ता भएका छन्…

काठमाडौं । अविरल वर्षाका कारण बाढीपहिरोले मुलुकको विभिन्न ठाउँमा गरी १४ जनको मृत्यु भएको छ । बाढीपहिरोमा ४५ जना बेपत्ता…

काठमाडौं । अविरल वर्षाको कारण पानीको बहाव बढेपछि सप्तकोशी नदीमा रातो झण्डा राखिएको छ । नदीमा पानीको बहाव  खतरासूची भन्दामाथि…

काठमाडौं । गर्भवती भन्नाले महिला बुझिन्छ । तर कहिले काँही अनौठा घटना समेत हुने गर्छ । भारतको उत्तर प्रदेशमा त्यस्तै…

काठमाडौं । लकडाउनको कारण सार्वजनिक बस बन्द भएको अवस्थामा निजी सवारी साधानले चर्को भाडा लिएर यात्रु बोक्न थालेका छन् ।…

पार्टीका विधानमा लेखिएका कुरा पनि समकालीन अर्थराजनीतिका प्रतिविम्ब हुने गर्छ । यसैले राजनीतिक कुरा नै सर्वोपरी हो ।