गुल्मीमा कोरोना नियन्त्रण गर्न ‘प्रतिकार्य योजना’ निर्माण

हुमाकान्त पोखरेल
गुल्मी । कोरोना संक्रमण फैलन नदिन जिल्लामा ‘कोरोना प्रतिकार्य योजना’ निर्माण गरिएको छ । जिल्लास्थित सबै स्थानीय तहका प्रमुख, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय लगायतका सरोकारवालाहरुको संयुक्त बैठकले आइतबार प्रतिकार्य योजना निर्माण गरेको हो । प्रतिकार्य योजना बमोजिम अब जिल्लाका ७ स्थानीय तहमा आइसोलेसन कक्ष निर्माण गरिने भएको छ ।

कोरोना प्रतिकार्य योजना कार्यान्वयनका लागि धुर्कोटको बर्बोट, मुसिकोटको वामी, चन्द्रकोटको शान्तिपुर, सत्यवती, रुरुक्षेत्र, छत्रकोट र रेसुङ्गामा आइसोलेसन कक्ष बनाउने निर्णय गरिएको जिल्ला समन्वय समिति  सभापति लक्ष्मण पराजुलीले जानकारी दिनुभयो । यसरी निर्माण गरिएका आइसोलेसनलाई दुई भागमा विभाजन गरिने उहाँको भनाइ छ । । जसमध्ये रेसुङ्गा नगरपालिकामा जटिल किसिमका बिरामी राख्ने र अन्य स्थानमा बनाइने आइसोलेसनमा सामान्य किसिमका बिरामी राख्ने  योजना बनाइएको छ ।

बाहिरबाट जिल्ला आएकाहरुलाई सुरुमा क्वारेन्टाइनमा राख्ने, पिसिआर गरिसकेपछि पोजेटिभ देखिए रेसुङ्गा नगरपालिका बाहेकका आइसोलेसनमा राख्ने, अवस्था जटिल भए रेसुङ्गा नगरपालिकाको आइसोलेसनमा राख्ने र अति गम्भीर भए बुटबल लैजाने निर्णय गरिएको हो । यसका लागि रेसुङ्गा नगरपालिकाको आइसोलेसन कक्षलाई २० क्षमताबाट ५० क्षमताको पु-याइने भएको छ भने १२ वटै स्थानीय तहले दुई/दुई लाखका दरले आइसोलेसन निर्माण गर्न सहयोग गर्ने भएका छन् ।

प्रतिकार्य योजना अन्तरर्गत प्रत्येक क्वारेन्टाइनमा व्यवस्थापन समिति बनाउने र क्वारेन्टाइनमा रहेकाहरुलाई जनचेतनाको लागि शिक्षक परिचालन गर्ने समेत निर्णय गरिएको सभापति लक्ष्मण पराजुलीले बताउनुभयाे । बैठकले लकडाउनलाई थप व्यवस्थित गर्ने र लकडाउनबाट उत्पन्न नकारात्मक सन्देशलाई संयुक्त रुपमा निराकरण गर्ने समेत निर्णय गरेको छ ।

भारतबाट सीमामा अलपत्र परेका नागरिकलाई सम्बन्धित ठाउँसम्म ल्याउन  तत्काल गाडी पठाउने, त्यसरी आएकालाई न्यूनतम १४ दिनसम्म सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा राख्ने, क्वारेन्टाइनमा खानाको व्यवस्था स्थानीय तहले गर्ने र बस्नको लागि सम्बन्धित परिवारबाट ओढ्ने, ओच्छ्याउने कपडा ल्याउन आग्रह गरिने पनि बैठकमा सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा २९ जना बेपत्ता भएका छन्…

काठमाडौं । अविरल वर्षाका कारण बाढीपहिरोले मुलुकको विभिन्न ठाउँमा गरी १४ जनको मृत्यु भएको छ । बाढीपहिरोमा ४५ जना बेपत्ता…

काठमाडौं । अविरल वर्षाको कारण पानीको बहाव बढेपछि सप्तकोशी नदीमा रातो झण्डा राखिएको छ । नदीमा पानीको बहाव  खतरासूची भन्दामाथि…

काठमाडौं । गर्भवती भन्नाले महिला बुझिन्छ । तर कहिले काँही अनौठा घटना समेत हुने गर्छ । भारतको उत्तर प्रदेशमा त्यस्तै…

काठमाडौं । लकडाउनको कारण सार्वजनिक बस बन्द भएको अवस्थामा निजी सवारी साधानले चर्को भाडा लिएर यात्रु बोक्न थालेका छन् ।…

पार्टीका विधानमा लेखिएका कुरा पनि समकालीन अर्थराजनीतिका प्रतिविम्ब हुने गर्छ । यसैले राजनीतिक कुरा नै सर्वोपरी हो ।