बिहानै सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा कोराना संक्रमितको कूल संख्या २३ पुगेको छ । मंगलबार बिहान थपिएका संक्रमित वीरेन्द्रनगर, भेरीगंगा र सिम्ताका रहेका छन् । यसमध्ये ११ जना पुरुष र एक जना महिला छन् । जिल्लाको वीरेन्द्रनगर नगरपालिका-१ मा एक जना, वडानम्बर २ एक महिलासहित पाँचजना, वडानम्बर ३ मा एकजना पुरुष, वडा नम्बर ६ मा एकजना पुरुषमा कोरोना पुष्टि भएको हो ।

यस्तै भेरीगंगा नगरपालिका-८ मा १६ र १७ वर्षीय दुईजना पुरुषमा र सिम्ता गाउँपालिका-४ मा ३५ र ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

एकै दिन विश्वभर २ लाख २८ हजार १ सय २ कोरोना संक्रमित थपिएको हो ।

खाना खाइसकेर ती व्यक्ति शिर झुकाएर फटाफट होटलबाट निस्किए ।

बाढी पहिरो पीडितहरुलाई तत्काल उद्वार गरी सार्वजनिक भवन र विद्यालयहरुमा राख्न सकिने विषयमा छलफल भएको छ ।

गोकर्नेश्वर नगरपालिकाका ५४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

बैतडी । लकडाउनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन नपाएका बैतडीका विद्यार्थीको आन्तरिक मूल्याङ्कन सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा…

काठमाडौं । केही दिनयता मुलुकको विभिन्न ठाउँमा गएको पहिरोमा जीवन गुमाउनेको संख्या ५५ पुगेको छ । पहिरोमा अझै ५३ जना…