भक्तपुरमा टिपरको ठक्करबाट ड्युटीमा खटिएका सईको मृत्यु

सांकेतिक : तस्विर

काठमाडौं । टिपरको ठक्करबाट भक्तपुरको मध्यपुरथिमि–४ मा ड्युटीमा खटिएका सईको मृत्यु भएको छ । सोमबार राति साढे ९ बजे बा ४ ख ४७०१ र बा ४ ख ४३१८ नम्बरको टिपर अनियन्त्रित भई आपसमा ठोक्किँदा ड्युटीमा खटिएका दाङको रामपुर घर भएका सई निमबहादुर घर्तीमगरको मृत्यु भएको हो ।

घाइते सईको नर्भिक अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान करिब ५ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनी महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत थिए । चालक राकेश सैँजुले पानी परी सडक भिजेको अवस्थामा मादक पदार्थ सेवन गरेर लापरवाही तरिकाले तीब्र गतिमा सवारी साधन चलाएकोले दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले टिपरका चालक धादिङका राजेन्द्र प्याकुरेल र राजेश सैंजुलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अभिमुखिकरण सेवा दिने संस्थाहरुको पनि नविकरण हुने व्यवस्था मिलाउन व्यवसायीहरुले माग गरेका छन्।

पार्टीका विधानमा लेखिएका कुरा पनि समकालीन अर्थराजनीतिका प्रतिविम्ब हुने गर्छ । यसैले राजनीतिक कुरा नै सर्वोपरी हो ।

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा २९ जना बेपत्ता भएका छन्…

काठमाडौं । अविरल वर्षाका कारण बाढीपहिरोले मुलुकको विभिन्न ठाउँमा गरी १४ जनको मृत्यु भएको छ । बाढीपहिरोमा ४५ जना बेपत्ता…

काठमाडौं । अविरल वर्षाको कारण पानीको बहाव बढेपछि सप्तकोशी नदीमा रातो झण्डा राखिएको छ । नदीमा पानीको बहाव  खतरासूची भन्दामाथि…

काठमाडौं । गर्भवती भन्नाले महिला बुझिन्छ । तर कहिले काँही अनौठा घटना समेत हुने गर्छ । भारतको उत्तर प्रदेशमा त्यस्तै…