आइसोलेसनमा रहेकी गर्भवतीको मृत्यु, स्वाब परीक्षणको तयारी

काठमाडौं । होम आइसोलेसनमा रहेकी सप्तरीको कञ्चनरुप नगरपालिका ११ की २४ वर्षीया गर्भवती महिलाको मृत्यु भएको छ । सोमबार राति देखि नै गर्भवती महिलालाई धेरै ज्वरो आएको र श्वासप्रश्वासमा समस्या भएपछि मंगलबार बिहान साढे ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

ती महिलालाई १० दिन अगाडि नै ज्वरो आएको र श्वासप्रश्वासमा समस्या भएपछि गत जेठ ८ गते राजविरा स्थित डा. विनिता यादवको क्लिनकमा उपचारका लागि ल्याइएको थियो । उनलाई पिसाबको संक्रमण (यूटीआई) भएको भन्दै चिकित्सकले औषधि दिनुका साथै होम आइसोलेसनमा रहन सल्लाह दिएका थिए । २ सन्तानकी आमा ती महिला तेस्रो पटक गर्भवती भएकी थिइन् ।

कोरोना संक्रमणको लक्षणसित मिल्ने लक्षण देखिएकोले उनको स्वाब लिने तयारी भइरहेको जिल्ला स्वास्थ्य प्रमुख यादवले जानकारी दिए । मृतकको साढे पाँच वर्षका जुम्ल्याहा एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा २९ जना बेपत्ता भएका छन्…

काठमाडौं । अविरल वर्षाका कारण बाढीपहिरोले मुलुकको विभिन्न ठाउँमा गरी १४ जनको मृत्यु भएको छ । बाढीपहिरोमा ४५ जना बेपत्ता…

काठमाडौं । अविरल वर्षाको कारण पानीको बहाव बढेपछि सप्तकोशी नदीमा रातो झण्डा राखिएको छ । नदीमा पानीको बहाव  खतरासूची भन्दामाथि…

काठमाडौं । गर्भवती भन्नाले महिला बुझिन्छ । तर कहिले काँही अनौठा घटना समेत हुने गर्छ । भारतको उत्तर प्रदेशमा त्यस्तै…

काठमाडौं । लकडाउनको कारण सार्वजनिक बस बन्द भएको अवस्थामा निजी सवारी साधानले चर्को भाडा लिएर यात्रु बोक्न थालेका छन् ।…

पार्टीका विधानमा लेखिएका कुरा पनि समकालीन अर्थराजनीतिका प्रतिविम्ब हुने गर्छ । यसैले राजनीतिक कुरा नै सर्वोपरी हो ।