संसद पस्यो जाजरकोटको दर्दनाक घटना, गृहमन्त्रीसँग जवाफ माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पश्चिम रुकुममा दलित युवाले ज्यान गुमाएको घटनाको भर्सना गर्दै दाेषाीमाथि कारबाही प्रक्रियाबारे गृहमन्त्रीसँग जवाफ माग गरेको छ

राष्ट्रियसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका नेता राधेश्याम अधिकारीले घटनाको भर्सना गर्दै त्याे घटनामा सरकारले चालेको कदमबारे गृहमन्त्रीको जवाफ माग गर्नुभएको हो । उहाँले मुलुकी ऐन २०२० ले छुवाछुतलाई दण्डनिय भनेको तथा अपराध संहिताले छुवाछुतलाई कठोर रुपले दण्डनीय बनाउने व्यवस्था गरेको भन्दै उहाँले अहिले पनि दलितमाथि गैरदलितबाट आक्रमण हुनु लज्जास्पद विषय भएको बताउनुभयो ।

‘मुलुकी ऐन २०२० ले छुवाछुतलाई दण्डनीय भनेको छ । ५४ वर्षपछि पारित अपराध संहिताले छुवाछुतलाई कठोर रुपले दण्डनीय बनाउने व्यवस्था गरेको छ’ उहाँले भन्नुभयो, ‘छुवाछुतको आधारमा मानव मानवबीच विभेद कायम रहनु हाम्रो सामाजिक व्यवस्थाको लज्जाको विषय ठहरिनुपर्छ । जाजरकोट नगरपालिकाका नवराज विक र रुकुम चौरजहारी नगरपालिका मलफर्कीकी केटीबीचको प्रेम सम्बन्धलाई युवतीवीचको जाजरकोट सम्बन्धलाई विहेबाहीमा परिणत गर्न गएको केही दलितमाथि भएको सांघातिक र त्यो हमलाबाट बच्न भेरी नदीमा हामफाली ज्यान गुमाउन बाध्य पारिएको नृशंस घटनाप्रति म आफ्नो र आफ्नो पार्टीको तर्फबाट घोर भत्र्सना गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । गोरखा समाज, अमेरिकाले पालुङटार नगरपालिकामा कोरोना भाइरस संक्रमणबाट जीवन गुमाएका परिवारलाई सहयोग गरेको छ । समाजले कोरोनाबाट जीवन…

काठमाडौं । केहीदिन यताको अविरल वर्षाले मुलुकको विभिन ठाउँमा बाढीपहिरो गइरहेको छ । मनसुन शुरु भएयता २९ दिनमा मुलुकको विभिन्न…

काठमाडौं । यसवर्ष वर्षायाम शुरु भएपछि अहिलेसम्म बाढीपहिरोबाट ८८ जनाले जीवन गुमाएका छन् । मनसुन सक्रिय भएपछिको २९ दिनमा मुलुकको…

मेष– यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ । वृष– पुरानो लकाममा लाभ पाइनेछ…

काठमाडौं । मृगौला प्रत्यारोपण प्रकरणमा कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित ४ जना पक्राउ परेका छन् । मृगौला…

खाना खाइसकेर ती व्यक्ति शिर झुकाएर फटाफट होटलबाट निस्किए ।