पत्रकारको कोरोना बीमा शुरु

सर्लाही । जिल्लामा क्रियाशील पत्रकारको कोरोना बीमा शुरु भएको छ । पत्रकार कोरोनाको उच्च जोखिममा रहेकाले उनीहरुको कोरोना बीमा गर्न शुरु गरिएको नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष विश्वनाथ ठाकुरले बताउनुभयो ।

प्रदेश २ मा कोरोना सङ्क्रमणको उच्च जोखिम रहेको र त्यसबाट स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँगै फ्रण्टलाइनमा रहेर समाचार सम्प्रेषण गर्ने पत्रकारसमेत उच्च जोखिममा रहेकाले उनीहरुको बीमा गर्न शुरु गरिएको अध्यक्ष ठाकुरले बताउनुभयो ।

छिमेकी देश भारतसँग प्रत्यक्ष सीमा जोडिएको जिल्लाको ५१ किलोमिटर क्षेत्रफल खुला रहेका कारण पनि जिल्लामा कोरोना संक्रमणको जोखिम छ । जोखिमका बीच पनि फ्रण्टलाइनमा रहेर समाचार सम्प्रेषण गर्ने पत्रकारप्रति लक्षित गरी कोरोना बीमा गर्न लागिएको महासंघले जनाएको छ ।

जिल्लामा क्रियाशील पत्रकारको बीमाका लागि नेपाल पत्रकार महांिघ केन्दीय कार्यालयबाट समेत परिपत्र भइसकेको छ । कोरोना बीमामा आवद्ध हुन जिल्लाका पत्रकारलाई सूचना दिइसकिएको महासंघले जनाएको छ ।

जिल्लामा महासंघमा आवद्ध ६७ र स्थानीय विभिन्न रेडियो, पत्रपत्रिका तथा अनलाइनमा क्रियाशील करिब एक सय पत्रकारको बीमा गरिने भएको छ । उहाँका अनुसार बीमा गर्नका लागि पत्रकारले नागरिकता पमाणपत्रको फोटोकपी एकप्रति र पासपोर्ट साइजको फोटो एकप्रति उपलब्ध गराउनुपर्ने छ । तोकिएका कागजात जेठ १३ आज बेलुका ४ बजेसम्म शाखाको कार्यालय मलङ्गवामा उपलब्ध गराइदिन अध्यक्ष ठाकुरले जिल्लाका सबै क्रियाशील पत्रकारलाई आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । गोरखा समाज, अमेरिकाले पालुङटार नगरपालिकामा कोरोना भाइरस संक्रमणबाट जीवन गुमाएका परिवारलाई सहयोग गरेको छ । समाजले कोरोनाबाट जीवन…

काठमाडौं । केहीदिन यताको अविरल वर्षाले मुलुकको विभिन ठाउँमा बाढीपहिरो गइरहेको छ । मनसुन शुरु भएयता २९ दिनमा मुलुकको विभिन्न…

काठमाडौं । यसवर्ष वर्षायाम शुरु भएपछि अहिलेसम्म बाढीपहिरोबाट ८८ जनाले जीवन गुमाएका छन् । मनसुन सक्रिय भएपछिको २९ दिनमा मुलुकको…

मेष– यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ । वृष– पुरानो लकाममा लाभ पाइनेछ…

काठमाडौं । मृगौला प्रत्यारोपण प्रकरणमा कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित ४ जना पक्राउ परेका छन् । मृगौला…

खाना खाइसकेर ती व्यक्ति शिर झुकाएर फटाफट होटलबाट निस्किए ।