Logo मंसिर १७, २०७७ बुधबार


लकडाउनले बुझाएको जीवन र समाज

ज्याला मजदुर गरेर जीविकाेपार्जन गर्न मानिसको लागि रोगभन्दा पनि ठूलो संकेत आईलागेको अवस्था छ। रोजगारको स्रोत कार्यालय कारखाना, उधोग, निजी सघंसस्थाहरु पूर्ण रुपमा बन्द छन् । रोजगारी पाउने माध्यम अवसर पनि छैन । यो समय महामारी कोरोनाको रोगले भन्दा बढी मानिसको जीवन भोकमरी र गरिबीको उच्च जोखिममा रहेको हामीले सजिलैसँग आँकलन गर्न सक्छौं । कोभिड-१९ को संकट साँचि्चकै मानव जीवनका लागि भन्ने हो भने अवसर पनि हो। यो समयमा हरेक मानिसलाई जीवन जिउनका निमित्त उत्पादनमुखी कार्यमा निर्भर हुनपर्छ भन्ने चेतना हामी सबैलाई अनुभूति दिएको छ

लकडाउनले हामी सबैको दैनिकी फेरिएको छ र पहिला भन्दा निकै फरक बनेको छ । नेपालकै जनसंख्याको सन्दर्भमा ठूलो जमातमा आधा जसो मानिसहरु बसोबास गर्ने निकै व्यस्त मानिने शहर राजधानी काठमाडाैं सुनसान छ । मान्छेको भीड, घुईँचो र सवारी साधनको एकोहोरो चाप हिड्ने गल्ली बाटोहरुसम्म खाली नहुने शहरको स्वरुप बदलिएको छ । निजी अस्पतालहरु, विश्वविद्यालय मठ, मर्जित, मन्दिर, पाटी, पौवा, पार्क, ठूला ठूला व्यापारिक मल, कारखाना, उधोग, पाँचतारे होटेल, बार नाँचघर र सिनेमाहलले आराम पाएको छ । पैदल यात्रा गर्दा बाटो काट्न घन्टौं पर्खन पर्ने यो शहर निरन्तर एउटै वेगमा सवारी साधनको लाग्ने व्यस्त शहरको रुप नै फेरिएको छ । सुनसान र फेरिएको रुपले काठमाडौंको वातावरण भने निखारिएको छ । काठमाडौं झन् सुन्दर भएको छ ।

म ललितपुरको महालक्ष्मी नगरपालिका नजिकको एक टोलबाट नियाली रहेको छु यो फरक शहर र फेरिएको मुहारको । मैले बुझेको काठमाडौं शहर धुँवा, धुलो, प्रदुषण र अव्यवस्थितिकरण समस्याभन्दा माथि रहेछ । बिहानपख पत्रपत्रिका शारीरिक ब्यायम, कलेज, साना बालबालिकालाई होम ट्यूसन पढाएर र अन्य विभिन्न विभिन्न कार्यक्रममा मेरो दैनिक बित्ने गरेको थियो । अहिले म एकाएक समाज निहालेर बिताइरहेको छु । म राजनीतिशास्त्र र सामाजिक कार्यको विद्यार्थी भएकाले समाज बुझ्ने मेरो रुचिको विषय पनि हो ।

यो समय शारीरक दूरीलाई कायम राख्दै सामाजिक रुपमा फोन र सामाजिक सञ्जालको माध्यमबाट आत्मियता बढाउनु आवश्यक छ । विभिन्न प्रेरणादायी पुस्तक, जीवनी, उपन्यास र चलचित्रहरु हेर्दा पनि ज्ञानगुणलाई ध्यान दिइयो भनेपनि शारीरक रुपमा स्वस्थ्य भइन्छ । साथै अहिलेको महामारीको अवस्थामा यो रोगसगँ लड्दै गरेको रोगीहरुको मानिसक चेतना पनि मध्यनजर गर्दै मनोसामाजिक परामर्शहरु गर्नु आवश्यक रहेको छ 

यतिबेला बाहिरी देशहरुमा कोरोना भाइरसको हो हल्ला ज्यादा चलिरहेको थियो सामाजिक सञ्जाल र पत्रपत्रिकामा  समाचार व्यापक रुपमा आउन थालिरहेको थियो । सर्वप्रथम कोभिड-१९ चीनको वुहान भन्ने शहरबाट फैलिएर चीनको वुहान शहर हुँदै त्यहाँको विभिन्न ठाउँहरुमा मानवीय रुपमा ठूलो क्षति भइरहेको थियो । सँगै अन्य विभिन्न शक्तिशाली राष्ट्रहरुमा पनि निकै ठूलो क्षति बेहोर्नु परेको समाचार दिनहुँजसो व्यापक रुपमा आउन थालेको थियो । यी समाचारहरुको ठूलो रुपले यता हामी नेपालीहरु भने त्रसित भइरहेका थियाैं। पछिल्लो समय नेपालमा पनि एकदुई संक्रमित देखा पर्न थालेसँगै संक्रमितको संख्या दिनहुँ बढ्दो रुप लिन थालेपछि नेपाल पनि ठूलो जोखिमको घेरामा रहेको संकेत पाएपछि नेपाल सरकारले लकडाउनको घोषणा गर्यो । पुनः लकडाउन थपिने क्रममा आज लकडाउनको ६४औं दिन अर्थात २ महिना भइसकेको छ। यो लकडाउन बढेसँगै हाम्रो मानव जीवनमा विभिन्न खालको समस्याहरु ह्वात्तै बढेर आएको छ। घरेलु हिंसाको सिकार, सामाजिक भेदभाव, मानिसक यातना, बेरोजगारी, गरिबी, भोकमरी र आर्थिक संकट जस्ता समस्यासँग घेरिन बाध्य भएका छौं ।

मानिसिक यातनामा ठेस
सर्वप्रथम त विभिन्न किसिमका मिथक समाचारहरुको बढ्दो प्रभावले मानसिक रुपमा ठूलो धक्का दिरहेको छ। आफ्नो ठाउँमा जति नै सुरक्षित सजकता अपनाए तापनि बाहिरी होहल्ला र विभिन्न खालको विभेदकै कारण मनोवृत्तिमा आँच पुगिरहेको छ। समाजमा आत्महत्या, हृदयघात र विभिन्न मानिसक रोगको समस्याहरु दिनहुँ बढिरहेको छ । कोरोना लगायत विभिन्न अन्य रोगसँग लढ्ने क्षमता अभिवृद्धिका लागि मानसिक रुपमा बलियो हुन आवश्यक छ । यो समय शारीरक दूरीलाई कायम राख्दै सामाजिक रुपमा फोन र सामाजिक सञ्जालको माध्यमबाट आत्मियता बढाउनु आवश्यक छ । विभिन्न प्रेरणादायी पुस्तक, जीवनी, उपन्यास र चलचित्रहरु हेर्दा पनि ज्ञानगुणलाई ध्यान दिइयो भनेपनि शारीरक रुपमा स्वस्थ्य भइन्छ । साथै अहिलेको महामारीको अवस्थामा यो रोगसगँ लड्दै गरेको रोगीहरुको मानिसक चेतना पनि मध्यनजर गर्दै मनोसामाजिक परामर्शहरु गर्नु आवश्यक रहेको छ ।

सामजिक भेदभाव र बढ्दो घरेलु हिंसा
यो लकडाउनको बढ्दो समयमा घरेलु हिंसा सामाजिक विभेद र महिला उत्पीडन जस्ता समस्याहरुले ठूलो रुप लिइरहेको छ । महिलाले नै घरेलु कामसँगै भान्सा मै दिनरात खट्नु पर्ने अवस्था यथावत रुपमा बढिरहेको छ। हिजोको दिनमा हाम्रो समाजलाई रुघा, खोकी, ज्वरो जस्तो रोगलाई सामान्य लिने गर्दथे तर आज यो सामान्य लक्षण देखापर्न समाजले कुरा काट्ने गर्छ । कोरोनाको रोग लागेकाे भनेर हल्ला गर्ने जस्ता सामाजिक व्यवहारले एक खालको मानसिक धक्का पुगिरहेको छ। यो समय एउटा नैतिकता नागरिक भएको सामाजिक हिसाबले समाजमा असर नपर्नका लागि हौसला, प्रेरणा, जनचेतनामुलक सहयोग यो पक्षलाई अगाडि सार्नु आवस्यक देखिन्छ। यो अमानबीय व्यवहारलाई हटाउन र सभ्य समाज निर्माण गर्नमा एक व्याक्ति परिवार समाज र राष्ट्रकै ठूलो हात रहेको हुन्छ र यसलाई हामीले बुझ्न आवश्यक छ।

कोठा भाडामा बस्ने विद्यार्थीले पाएको सास्ती
म आफै एक विद्यार्थी, अहिले डेरामा बसिरहेकी छु । कोरोना रोगको प्रभावले विद्यार्थीलाई परेको असर असहजता समस्याहरु छँदैछ । नेपाल सरकराले उपत्यकाबाट बाहिर आवतजावतमा निषेध गरेको हुनाले मेरो लकडाउनको समय यहीँ बिताई रहेको छु। यहाँ बस्दै गर्दा यहाँको समाज छिमेकीहरुको हेर्ने दृष्टिकोण र व्यावहारिकतामा मैले आकश जमिनको फरक पाएको छु । म सँधै एकैठाउँमा बस्न नरुचाउने स्वभावको भए तापनि समयको मागलाई मध्यनजर गर्दै आपतकालीन खाधान्न सामग्री र अति आवश्यक बस्तु खरिद गर्न जाँदासम्म पनि छरछिमेकीले नकारात्मक चियोचर्चाे गरिरहेका पाउँछु । छिमेकीहरुले कुरा काट्ने घरबेटीलाई नचाहिने कुरा लगाउने कोठामा बस्ने बाहालवालाहरुले कोरोना रोग सारेर ल्याउदैछ भनेर विभिन्न नकारात्मक कुरा फैलाउने जस्ता यो अमानवीया समाजलाई देख्दा म आफै निशब्द छु। भौतिक दूरीलाई ध्यानमा राखेर आफन्तसँग अति आवस्यक कुरा काममा बाहिरी नजिक भेटघाटसम्म घरभित्र आउन दिनुहुन्न भन्ने यो समाज छिमेकीहरुको कुरा सुन्दा म आफैलाई हामी मानव होकी होइन भन्ने प्रश्ननले बेस्सरी खेलाई रह्यो । यो महामारीको समयामा म जस्तै धेरै बाहालमा बस्ने विद्यार्थी साथीहरुले यो असजता खेप्नु परे तापनि चुप भएर बस्न बाध्य भएका छौं। के बहालमा बस्ने विद्यार्थीलाई चाहिँ आपतविपत नपर्ने हो र ? भाडामा बस्ने विद्यार्थीको आफन्त हुँदैन होला र ? के पक्का छ कि भाडामै बस्ने विद्यार्थीहरुले मात्र कोरोना रोग सारेर ल्याउछ भन्ने ? जति नै विकसित शहर ठाउँ भए तापनि यो निच अमानबीय व्यवहार भएको समाज देखेर म अकबक्क भएको छु। यो संक्रमणको समय सकेको सहयोग गर्ने र नसकेको सहयोग माग्ने समय हो । यो संकटको बेला विभेदहीन र मानिसलाई धक्का नपुग्ने सजग र कर्तव्यपूर्ण समाजकाे भूमिका निर्वाह गर्न हरेक नागरिकले सिक्नै पर्ने जरुरी देखिएकाे छ।

आर्थिक चाप, बेरोजगारी र गरिबी
महामारीको बढ्दो अनिश्चितकालीन लकडाउनको कारण दिनहुँजसो आधा प्रतिशतभन्दा बढी मानिसहरु गरिबी र बेरोजगारीका सिकार बन्न पुगिरहेका छन्। ज्याला मजदुर गरेर जीविकाेपार्जन गर्न मानिसको लागि रोगभन्दा पनि ठूलो संकेत आईलागेको अवस्था छ। रोजगारको स्रोत कार्यालय कारखाना, उधोग, निजी सघंसस्थाहरु पूर्ण रुपमा बन्द छन् । रोजगारी पाउने माध्यम अवसर पनि छैन । यो समय महामारी कोरोनाको रोगले भन्दा बढी मानिसको जीवन भोकमरी र गरिबीको उच्च जोखिममा रहेको हामीले सजिलैसँग आँकलन गर्न सक्छौं । कोभिड-१९ को संकट साँचि्चकै मानव जीवनका लागि भन्ने हो भने अवसर पनि हो। यो समयमा हरेक मानिसलाई जीवन जिउनका निमित्त उत्पादनमुखी कार्यमा निर्भर हुनपर्छ भन्ने चेतना हामी सबैलाई अनुभूति दिएको छ। यो महामारीसँगै हरेक मानिसहरुलाई उधमी कृषि पेशामा लाग्न दीर्घकालीन सोच पैदा गराएको छ। साथै भोलिको दिनमा मानव जीवनमा प्राकृतिक विपत्ती आइपरेमा यसको सामना गर्न बलियो पाठ सिकाएको छ।

सर्वप्रथम त विभिन्न किसिमका मिथक समाचारहरुको बढ्दो प्रभावले मानसिक रुपमा ठूलो धक्का दिरहेको छ। आफ्नो ठाउँमा जति नै सुरक्षित सजकता अपनाए तापनि बाहिरी होहल्ला र विभिन्न खालको विभेदकै कारण मनोवृत्तिमा आँच पुगिरहेको छ। समाजमा आत्महत्या, हृदयघात र विभिन्न मानिसक रोगको समस्याहरु दिनहुँ बढिरहेको छ । कोरोना लगायत विभिन्न अन्य रोगसँग लढ्ने क्षमता अभिवृद्धिका लागि मानसिक रुपमा बलियो हुन आवश्यक छ 

प्रतिक्रिया दिनुहोस्
विशेष

निर्णय प्रक्रियामा मत राख्ने स्वतन्त्रता र निर्णय कार्यान्वयनमा एकरूपता हुने विधानमा प्रष्ट उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बस सडकबाट ३० मिटर तल खसेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा सावधानी अपनाउन अनुराेध गरेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कामको प्रकृति हेरी धेरै ऐनलाई एकीकृत गर्न छाता ऐन बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो…

रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगाउन सरकारले प्रोत्साहित गर्नुपर्ने र निजी क्षेत्रलाई सरकारको पार्टनरको रुपमा हेर्नुपर्ने ढकालकाे सुझाव छ ।

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पार्टीको सचिवालय बैठकमा जानुहुने भएको…