भोजपुरमा १ युवालाई कोरोना देखियो

कविता खड्का
भोजपुर । एक युवालाई स्वास्थ्य परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको छ । जिल्लाको रामप्रसाद राई गाउँपालिका वडा नम्बर ३ भुल्केका एक ३५ वर्षीय युवाको आरडिटी पोजेटिभ आएको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिनुभयो ।

१५ दिन अगाडि सुनसरीको दुहबीबाट आएका युवा वडा कार्यालयको क्वारेन्टाइनमा बस्दै आएका थिए । क्वारेन्टाइनमा बसेको १४ दिन पुरा भएपछि बुधबार दुई पटक आरडिटी टेष्ट गर्दा दुवै पटक रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

कोरोना पोजेटिभ देखिएका युवाकोे स्वाब संकलनका लागि जिल्लाअस्पतालबाट चिकित्सकको टोली त्यसतर्फ जान लागेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख फणिन्द्र थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

एकै दिन विश्वभर २ लाख २८ हजार १ सय २ कोरोना संक्रमित थपिएको हो ।

खाना खाइसकेर ती व्यक्ति शिर झुकाएर फटाफट होटलबाट निस्किए ।

बाढी पहिरो पीडितहरुलाई तत्काल उद्वार गरी सार्वजनिक भवन र विद्यालयहरुमा राख्न सकिने विषयमा छलफल भएको छ ।

गोकर्नेश्वर नगरपालिकाका ५४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

बैतडी । लकडाउनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन नपाएका बैतडीका विद्यार्थीको आन्तरिक मूल्याङ्कन सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा…

काठमाडौं । केही दिनयता मुलुकको विभिन्न ठाउँमा गएको पहिरोमा जीवन गुमाउनेको संख्या ५५ पुगेको छ । पहिरोमा अझै ५३ जना…