लकडाउनमा चोरी सिकारी बढ्यो

रविन्द्र सिंह ठकुरी
बाँके । लकडाउनको मौकामा वनजंगलमा चोरी सिकारीका घटना बढेका छन् । जिल्लाकाे कोहलपुर क्षेत्रका सामुदायिक वनमा एकपछि अर्को गर्दै चोरी सिकारीका घटना बढेका हुन् ।

केही समय अघि कोहलपुरको वडानम्बर ८ को एक सामुदायिक वनमा एक व्यक्ति पासोमा परी गम्भीर घाईते भएको घटना बाहिरिएको थियो । बिहीबार सशस्त्र प्रहरीले त्यही वडामा २ नाले लोड गरिएको भरुवा बन्दुक बरामद गरेको हाे । शसस्त्र प्रहरी बल नम्बर ५४ गुल्म हेड क्वाटर र राजस्व चुहावट नियन्त्रण गुल्म कैलालीको गस्ती टोलिले वडानम्बर ८ को सितलछायाँ सामुदायिक वन नजिक सिक्टा सिचाइँ नहरको पुलमुनि लुकाई राखिएको बन्दुक बरामद गरेको शसस्त्र प्रहरीका डिएसपी श्याम कुमार कार्कीले जानकारी दिनुभयो ।

डिएसपी कार्कीका अनुसार सुराकीका आधारमा भरुवा बन्दुकमा प्रयोग हुने बारुद र छर्रा लगायतका सामग्री बरामद गरिएको हो । वन क्षेत्रमा सिकार खेल्ने प्रयोजनका लागि हतियार लुकाएर राखिउको हुनसक्ने कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । ललितपुरको एउटै नगरमा १२ जनामा कोराेना भाइरस संक्रमण पुष्टि भएको छ । महालक्ष्मी नगरपालिकामा १२ जनामा कोरोना देखिएको…

काठमाडौं । गोरखा समाज, अमेरिकाले पालुङटार नगरपालिकामा कोरोना भाइरस संक्रमणबाट जीवन गुमाएका परिवारलाई सहयोग गरेको छ । समाजले कोरोनाबाट जीवन…

काठमाडौं । केहीदिन यताको अविरल वर्षाले मुलुकको विभिन ठाउँमा बाढीपहिरो गइरहेको छ । मनसुन शुरु भएयता २९ दिनमा मुलुकको विभिन्न…

काठमाडौं । यसवर्ष वर्षायाम शुरु भएपछि अहिलेसम्म बाढीपहिरोबाट ८८ जनाले जीवन गुमाएका छन् । मनसुन सक्रिय भएपछिको २९ दिनमा मुलुकको…

मेष– यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ । वृष– पुरानो लकाममा लाभ पाइनेछ…

काठमाडौं । मृगौला प्रत्यारोपण प्रकरणमा कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित ४ जना पक्राउ परेका छन् । मृगौला…