कोरोना अपडेट : विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ६२ हजार नाघ्यो, ५९ लाख संक्रमित

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या शुक्रबार बिहानसम्म ३ लाख ६२ हजार २३ पुगेको छ । विश्वभर २९ लाख ६१ हजार ८ सय ९५ संक्रमित कोरोनाविरुद्ध संघर्ष गरिरहेका छन् । संक्रमित मध्ये ५३ हजार ९ सय ७५ जनाको अवस्था गम्भीर रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।  संगठनका अनुसार विश्वभर अहिलेसम्म ५९ लाख ९ सय ७ जनालाई कोरोना लागि सकेको छ । त्यसमध्ये २५ लाख ७७ हजार २ सय ३६ जना कोरोनालाई जितेर अस्पतालबाट घर फर्किएका छन् ।

कोरोना भाइरसले पछिल्लो समय विश्वकै शक्तिशाली राष्ट्र अमेरिकालाई बढी सताएको छ । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३ हजार २ सय ३० जना पुगेको छ । त्यहाँ अझै ११ लाख ६६ हजार ४ सय ११ जना संक्रमित छन् । संक्रमित मध्ये १७ हजार २ सय २ जनाको अवस्था गम्भीर छ ।

अमेरिकामा अहिलेसम्म १७ लाख ६८ हजार ४ सय ६१जनालाई कोरोना लागि सकेको छ । त्यस मध्ये ४ लाख ९८ हजार ४ सय २० जना भने कोरोना मुक्त भएका छन् । त्यसैगरी कोरोनाबाट दोस्रो धेरै मृत्यु बेलायतमा भएको छ । बेलायतमा कोरोनाबाट जीवन गुमाउनेको संख्या ३७ हजार ८ सय ३७ नाघेको छ । त्यहाँ २ लाख ६९ हजार १ सय २७ संक्रमित छन् ।  कोरोनाले अहिलेसम्म इटालीमा ३३ हजार १४२ जना, स्पेनमा २७ हजार १ सय १९जना , फ्रान्समा २८ हजार ६ सय ६२ जना र रुसमा ४ हजार १ सय ४२ जनाको मृत्यु भइसकेको छ ।

छिमेकी मुलुक भारतमा कोरोनाबाट ४ हजार ७ सय ११ जनाले जीवन गुमाएका छन् । भारतमा अहिलेसम्म १ लाख ६५ हजार ३ सय ८६लाई कोरोना लागि सकेको छ । त्यसमध्ये ७० हजार ९ सय २० जना भने कोरोना मुक्त भएका छन् । यो समाचार तयार पार्दासम्मको तथ्याङक हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सोल्टी होटलका ५५ जना कर्मचारीलाईपनि क्वारेन्टाइनमा राखिएको छ ।

आमाले आइतबार उजुरी दिएपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका २ जना प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ…

काठमाडौं। अब मास्क नलगाई हिड्नेहरु पक्राउ पर्ने भएका छन् । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन…

काठमाडौं । शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाले असार २२ गते अर्थात आज बोलाइएको नेकपा स्थायी समिति बैठक २४ गतेसम्मका…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य भीम रावलले आफूहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा मात्रै…