स्वास्थ्य र कृषिबाहेकका सबै क्षेत्रमा पुरानै निरन्तरता

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा स्वास्थ्य र कृषि क्षेत्रमा बाहेक अन्य सबै क्षेत्रमा पुरानै कार्यक्रमहरूलाई निरन्तरता दिइएको बताउनुभएको छ ।

बजेटले उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने विषयमा जोड दिन नसकेको उल्लेख गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा पनि अपर्याप्त बजेट विनियोजन गरिएको बताउनुभयो । गत वर्ष भन्दा २२ अर्ब रकम बढाइए पनि त्यो रकम प्रयाप्त नहुने उहाँको भनाई छ ।

लकडाउनका कारण सबै उद्योग व्यवसाय धरासयी भएको अवस्थामा उद्योगहरुलाई राहत दिने खालको कुनै नयाँ कार्यक्रम नआएको डा. पोखरेलले  बताउनुभयो । सांसद विकास कोषको रकम कटौती गर्न नसकेकोमा पनि उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । पैसा विगत वर्ष भन्दा घटाइए पनि कटाउन नसकेको उहाँकाे टिप्पणी छ ।

सरकारले फजुल खर्च घटाउने विषयमा भने केही काम गर्न खोजेको बजेटमा देखिएको उहाँले बताउनुभयो । राहतको विषयमा कुनै ठोस कार्यक्रम नआएको पनि उहाँको भनाइ छ । डा. पोखरेलले उद्योग व्यवसाय सञ्चालन हुन नसक्ने र अर्थतन्त्रलाई कसरी जोगाउने भन्ने योजना नभएको अवस्थामा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य महत्वाकाक्षीं भएको प्रतिक्रिया दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मकवानपुर । लागू औषध गाँजा ट्याकंरमै ओसार–पसार हुन थालेको छ । प्रहरीले तेल बोक्ने ट्याकंरमा गाँजा ओसार–पसार गरिरहेको अवस्थामा २…

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।