उत्कृष्ट कार्य सम्पादन गर्ने सिडियोलाई मुख्यमन्त्रीको सम्मान

पर्वत । उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै प्रदेश सरकारले पर्वतका प्रमुख जिल्ला अधिकारीलाई सम्मान गरेको छ । प्रदेशका ११ जिल्लामध्ये उत्कृष्ट कार्य सम्पादन गरेको मुल्यांकन गर्दै गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई प्रशंसा पत्र प्रदान गर्दै सम्मान गर्नुभएको हो ।

मुख्य मन्त्री गुरुङले कोरोना नियन्त्रण र दैनिक कार्य सञ्चालनमा प्रजिअ नेपालको कार्य सम्पादन प्रदेश भरिमा उत्कृष्ट देखिएको भन्दै सम्मान गर्नुभएको हो । पर्वतबाट चितवन जिल्ला प्रशासन कार्यालय सरुवा हुनुभएकी नेपालले पर्वतमा रहँदा प्रदेशका अन्य जिल्लाको तुलनामा उत्कृष्ट कार्य सम्पादन गर्नुभएको हो ।

कार्यालय प्रमुखको रुपमा पर्वतमा रहँदा नेपालले उत्कृष्ट कार्य सञ्चालन गरेको गण्डकी प्रदेशले ठहर गरेको छ । सम्मान कार्यक्रममा मुख्य मन्त्री गुरुङले महिला भएर पनि कार्यालय प्रमुखको भूमिका कुशलतापूर्वक निर्वाह गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले कोरोना नियन्त्रणमा प्रदेशकै अगुवाई पर्वत जिल्लाले गरेको समेत बताउनुभयो ।

कोरोना महामारीका कारण भएको लक डाउनमा खाद्यान्न सामग्रीको आपूर्ति, बिक्री र बजार मूल्यका आधारमा कुश्मा बजार उत्कृष्ट देखिएको थियो भने जिल्लाको सुरक्षा संयन्त्रको अगुवाई गर्दै नेपालले सरकारले लकडाउन गर्नु एक दिन अघि नै पर्वतमा लक डाउनको घोषणा गर्नुभएको थियो ।

त्यस्तै, कोरोना नियन्त्रणका लागि कोरोना विशेष अस्थायी अस्पतालको स्थापना गर्न, होटलहरुमा पुलिङ क्वारेन्टाइनको निर्माण गर्न र विभिन्न नाकामा कडाई गरी जनतालाई सुरक्षाको प्रत्याभूति दिन प्रजिअ नेपालको महत्वपूर्ण भूमिका रहेको थियो । नेपालले भ्रष्टाचार न्यूनीकरणका नागरिक निगरानी समूह गठनदेखि कार्यालयका दैनिक गतिविधिलाई सरल र सहज समेत बनाउनुभएको थियो । जिल्ला प्रमुखको कार्यभार सम्हाल्दा विकास निर्माणका आयोजनाको विवाद समाधान गर्नेदेखि आयोजनामा फत्ते हुनेगरी काम अघि बढाउनेमा पनि उहाँको सक्रियता थियो ।

मुख्य मन्त्रीको कार्यालयले आयोजना गरेको बिदाई कार्यक्रममा मुख्य मन्त्री गुरुङ, आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमाङ र प्रदेश मुख्य सचिव हरिबहादुर बस्यालले एक कार्यक्रमका बीच नेपाललाई प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मकवानपुर । लागू औषध गाँजा ट्याकंरमै ओसार–पसार हुन थालेको छ । प्रहरीले तेल बोक्ने ट्याकंरमा गाँजा ओसार–पसार गरिरहेको अवस्थामा २…

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।