एउटै गाउँपालिकाका ७३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । झापाको कचनकवल गाउँपालिकामा ७३ जनामा कारोना संक्रमण पुष्टि भएको छ। झापामा अहिलेसम्म ७९ जनामा संक्रमण पुष्टि भएको छ। जसम्मध्ये सबैभन्दा धेरै संक्रमित कचनकवल गाउँपालिकामा भेटिएकाे जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ। बिहीबार कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा झापाका थप २५ जनामा संक्रमण पुष्टि भएको हो। यसअघि संक्रमण पुष्टि भएका ४८ जनालाई उपचारका लागि कोभिड अस्पताल विराटनगर र धरान पठाइएको थियो।

कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले बिहीबार पुष्टि भएका २५ जनालाई उपचारका लागि विराटनगर पठाइएको जानकारी दिए। संक्रमण हुनेमा सबैभन्दा बढी भारतको मुम्बइ, दिल्ली र गुजरातबाट रोजगारमा गएर फर्किएका छन्। ‘जति पनि संक्रमण पुष्टि भएका छन्, उनीहरु सबै क्वारेन्टिनमा बसेका थिए,’ उनले भने, ‘सीमा क्षेत्रमा आइपुगेका कचनकवलवासीलाई सुरक्षित उद्धार गरेर क्वारेन्टिनमा राख्दा थप समुदाय सङ्क्रमित हुनबाट जोगिएको छ।’

गाउँपालिकाभित्रका छ क्वारेन्टिनमा राखिएकामध्ये २७६ को स्वाब सङ्कलन गरी परीक्षणका लागि विराटनगर र धरानस्थित प्रयोगशालामा पठाइएको थियो। जसमध्ये ७३ को रिर्पोट संक्रमण पुष्टि भइसकेको छ भने ३५ जनाको रिर्पोट आउन बाँकी रहेको आलमले जानकारी दिए।।पालिकाको पथरिया मावि, लक्ष्मीप्रसाद देवकोटा मावि, जानकी आधारभूत विद्यालय, महेन्द्र रत्न मावि, बुद्ध आधारभूत विद्यालय र केचना माविमा क्वारेन्टिन निर्माण गरिएको छ। क्वारेन्टिनमा बसेकामध्ये १०० जनाको स्वाब परीक्षण गर्न अझै बाँकी छ।

अध्यक्ष आलमले भारतका विभिन्न स्थानमा रोजगारी गर्न गएका र अध्ययनका लागि गएकामध्ये ४०० बढी आइसकेको बताए। झापामा यसअघि बाह्रदशी गाउँपालिका, गौरादह नगरपालिका दुई–दुई, दमकका एक र झापा गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भइसकेको छ। जसमध्ये दमक र बाह्रदशीका एक(एक निको भएर फर्किसकेको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वर पौडेलले बताए। पौडलले प्रदेश १ मा मात्र सङ्क्रमितको सङ्ख्या १२९ पुगेको र सबैभन्दा बढी झापाका भएका बताए। रासस

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नागरिक लगानी कोष र चन्द्रागिरी हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा शेयर निष्कासन गर्ने सम्बन्धी सम्झौता भएको छ…

चोरी भएका ती मोटरसाइकलहरु मोडिफाई गरिएको, नम्बर प्लेट परिवर्तन गरिएको अवस्थामा फेला परेको ज्ञवालीले बताउनुभयो ।

मकवानपुर । लागू औषध गाँजा ट्याकंरमै ओसार–पसार हुन थालेको छ । प्रहरीले तेल बोक्ने ट्याकंरमा गाँजा ओसार–पसार गरिरहेको अवस्थामा २…

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।