सीमा विवाद अन्त्य गर्न सकारात्मक प्रयास गर्नुपर्ने भारतीय प्रस्ताव

काठमाडौं । भारतले दुई देशबीचको सीमा विवादलाई अन्त्यका लागि रचनात्मक र सकारात्मक प्रयासद्वारा समाधान गर्नुपर्ने प्रस्ताव गरेको छ । बिहीबार भारतीय विदेश मामिला मन्त्रालयको नियमित भर्चुअल पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले रचनात्मक र सकारात्मक प्रयासद्वारा सीमा विवाद समाधान गर्ने प्रस्ताव गरेका हुन् ।

छिमेकीहरूसँग पारिस्परिक संवेदनशीलता र विश्वासको वातावरण आवश्यक रहेको भन्दै सीमाको समस्या रचनात्मक प्रयासद्वारा समाधान गरिने श्रीवास्तवले बताएका छन् ।

प्रवक्ता श्रीवास्तवले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रको विषयलाई लिएर नेपाल गम्भीर रूपमा प्रस्तुत भएको भन्दै त्यसलाई भारतले नजिकबाट नियालिरहेको प्रतिक्रियासमेत दिएका छन् । लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेत समेटेर नेपालले आफ्नो नक्सा जारी गरेपछि नेपालले एकतर्फी सार्वजनिक गरेको भन्दै स्वीकार नगर्ने प्रतिक्रिया दिएको भारतले अहिले रचनात्मक ढंगले सीमा विवादलाई समाधान गर्ने प्रस्ताव अघि बढाएको छ ।

नेपाल सरकारले नयाँ नक्शा समेटेको निशान छाप बनाउन संविधान संशोधन गर्ने निर्णय समेत गरिसकेको छ । यद्यपि भारतले भने मिचिएको नेपाली भूभागलाई क्षेत्र भारतीय भूमि दाबी गर्दै आएको छ । पर्याप्त प्रमाण बोकेर आफ्नो दाबी गरिरहेको नेपालले भने आफ्नो एक इन्च भूमि पनि नछाड्ने अडान राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सोल्टी होटलका ५५ जना कर्मचारीलाईपनि क्वारेन्टाइनमा राखिएको छ ।

आमाले आइतबार उजुरी दिएपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका २ जना प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ…

काठमाडौं। अब मास्क नलगाई हिड्नेहरु पक्राउ पर्ने भएका छन् । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन…

काठमाडौं । शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाले असार २२ गते अर्थात आज बोलाइएको नेकपा स्थायी समिति बैठक २४ गतेसम्मका…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य भीम रावलले आफूहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा मात्रै…