रौतहटमा स्थानीय र प्रहरीबीच झडप, प्रहरीको गाडी तोडफोड

काठमाडौं । रौतहटको इशनाथ नगरपालिकामा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । हिजो (बिहीबार) जिल्लाको इशनाथ नगरपालिकामा कोरोना पुष्टि भएकालाई दुवै जनालाई अन्यत्र आइसोलेसनमा लान खोज्दा झडप भएको हो । झडपमा प्रहरीको गाडीमा समेत तोडफोड भएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले झण्डै १२ राउण्ड हवाई फायर गरेको छ ।

कोरोना संक्रमित भएका दुवै जनालाई उपचारका लागि जिल्लाभित्रै अर्को स्थानमा रहेको आइसोलेसनमा लग्न चिकित्सक र सुरक्षाकर्मी त्यहाँ पुग्दा सो स्थानमा वादविवादले उग्र रुप लिएको थियो । तर स्थानीयले संक्रमितहरुलाई अन्यत्र नलगेर सोही नगरपालिका भित्र उपचार गराउनुपर्ने भन्दै विरोध गरेपछि झडप भएको हाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । ललितपुरको एउटै नगरमा १२ जनामा कोराेना भाइरस संक्रमण पुष्टि भएको छ । महालक्ष्मी नगरपालिकामा १२ जनामा कोरोना देखिएको…

काठमाडौं । गोरखा समाज, अमेरिकाले पालुङटार नगरपालिकामा कोरोना भाइरस संक्रमणबाट जीवन गुमाएका परिवारलाई सहयोग गरेको छ । समाजले कोरोनाबाट जीवन…

काठमाडौं । केहीदिन यताको अविरल वर्षाले मुलुकको विभिन ठाउँमा बाढीपहिरो गइरहेको छ । मनसुन शुरु भएयता २९ दिनमा मुलुकको विभिन्न…

काठमाडौं । यसवर्ष वर्षायाम शुरु भएपछि अहिलेसम्म बाढीपहिरोबाट ८८ जनाले जीवन गुमाएका छन् । मनसुन सक्रिय भएपछिको २९ दिनमा मुलुकको…

मेष– यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ । वृष– पुरानो लकाममा लाभ पाइनेछ…

काठमाडौं । मृगौला प्रत्यारोपण प्रकरणमा कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित ४ जना पक्राउ परेका छन् । मृगौला…