रौटहटमा कोरोना संक्रमित र आइसोलेसनको विवाद, प्रहरीद्वारा १२ राउण्ड हवाइ फायर

फाइल तस्बिर

रौटहट । कोरोना संक्रमितलाई आइसोलेसनमा लैजाने विषयमा विवाद हुँदा प्रहरीले १२ राउण्ड गोली प्रहार गरेको छ । इशनाथ नगरपालिकामा रहेका दुई व्यक्तिलाई अर्कै ठाउँको आइसोलेशनमा लैजाने विषयमा विवाद हुँदा प्रहरीले हवाइ फायर गरेको हो ।

इशनाथ नगरपालिका–७ को जोकाहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका दई जनालाई आइसोलेसनमा लैजाने विषयमा विवाद भएपछि शुक्रबार बिहानैदेखि तनाव शुरु भएको थियो ।

मदरसामा रहेका दुवै जनालाई अर्कै स्थानमा लैजान स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पुगेपछि स्थानीयले त्यहीँ राख्नुपर्ने माग राख्दै अवरोध गरेका थिए । स्थानीयले प्रहरी र स्वास्थ्यकर्मीमाथि कुटपिट गर्न थालेपछि प्रहरीले हवाइफायर गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नागरिक लगानी कोष र चन्द्रागिरी हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा शेयर निष्कासन गर्ने सम्बन्धी सम्झौता भएको छ…

चोरी भएका ती मोटरसाइकलहरु मोडिफाई गरिएको, नम्बर प्लेट परिवर्तन गरिएको अवस्थामा फेला परेको ज्ञवालीले बताउनुभयो ।

मकवानपुर । लागू औषध गाँजा ट्याकंरमै ओसार–पसार हुन थालेको छ । प्रहरीले तेल बोक्ने ट्याकंरमा गाँजा ओसार–पसार गरिरहेको अवस्थामा २…

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।