‘नागरिकको जीवन रक्षासँग केन्द्रित भएर बजेट आएको छ’

काठमाडौं । अर्थमन्त्री डा. युवराज खितवडाले संसदमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७/०७८ बजेटमा नेताहरुले सकारात्मक तथा मिश्रित टिप्पणी गरेका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना भाइरसको महामारीबाट अर्थतन्त्रमा पारेको असरलाई कम गर्ने र नागरिकको जीवन रक्षासँग केन्द्रित भएर बजेट आएको बताउनुभयो । स्वास्थ्य क्षेत्रमा विगतमा भन्दा झण्डै २२ अर्ब बढी बजेट विनियोजन हुनुले स्वास्थ्य क्षेत्र बढी प्राथमिकतामा परेको उहाँले बताउनुभयो ।

कृषि क्षेत्रलाई आधुनिक बनाउने र ठूलो संख्यामा जनशक्ति परिचालन गर्दै रोजगारी सिर्जना गर्ने तर्फब जेट केन्द्रित भएको उहाँको भनाइ छ । मन्त्री भट्टराईले विदेशबाट फर्केका नेपालीको सीपलाई प्रयोग गरी स्वरोजगार बनाउने तर्फ बजेट उन्मुख भएको समेत बताउनुभयो । सबैभन्दा धेरै धक्का परेको पर्यटन व्यवसायमा कर छुट, सस्तो ब्याजमा ऋण दिने व्यवस्था, त्यस्तै कर्मचरीको सुरक्षाका लागि कोषको व्यवस्था गरेकोले बजेट सन्तुलित रहेको भट्टराईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नागरिक लगानी कोष र चन्द्रागिरी हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा शेयर निष्कासन गर्ने सम्बन्धी सम्झौता भएको छ…

चोरी भएका ती मोटरसाइकलहरु मोडिफाई गरिएको, नम्बर प्लेट परिवर्तन गरिएको अवस्थामा फेला परेको ज्ञवालीले बताउनुभयो ।

मकवानपुर । लागू औषध गाँजा ट्याकंरमै ओसार–पसार हुन थालेको छ । प्रहरीले तेल बोक्ने ट्याकंरमा गाँजा ओसार–पसार गरिरहेको अवस्थामा २…

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।