रूकुम घटनाकाे निष्पक्ष छानविनकाे माग गर्दै विराेध प्रदर्शन

फाइल तस्बिर

काठमाडौं । रुकुम घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्दै राष्ट्रिय दलित पत्रकार संघ नेपालले विरोध प्रदर्शन गरेको छ ।

रूकुममा भएको अमानवीय घटना लगायत देशभर दलित समुदायमाथि घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै प्रदर्शन गरिएको हो । संघले काठमाडौंमा माइतीघर मण्डलसहित देशभर विरोध प्रदर्शन कार्यक्रम गरिएको जनाएको छ । संघका उपाध्यक्ष गोपाल बराइलीले रुकुममा भएको घटनाविरुद्ध देशव्यापी आन्दोलन थालिएको बताउनुभयो ।

यति ठूलो घटना हुँदा पनि राज्य अध्याँरोमा मौन बसेकाले क्यान्डिल बालेर विरोध प्रदर्शन गरिएको उहाँले बताउनुभयो । जघन्य अपराधमा मुछिएका व्यक्तिलाई कारबाही गरी कम्तिमा पनि देशको नागरिक भएर बाँच्न पाउनुपर्छ भनेर ऐक्यवद्धता जनाउन देशभर विरोधका कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

रुकुमको चौरजहारीमा भएको घटनामा अहिलेसम्म ५ जनाको शव भेटिएको छ । घटनाको प्रतिकारात्मक रुपमा प्रदर्शनमा सहभागीमध्ये ५ जनाले सेतो कपडा बेरेका छन् । पीडित परिवारले न्याय पाउनुपर्ने, मृतकहरुलाई शहीद घोषणा गर्नुपर्ने माग उनीहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मकवानपुर । लागू औषध गाँजा ट्याकंरमै ओसार–पसार हुन थालेको छ । प्रहरीले तेल बोक्ने ट्याकंरमा गाँजा ओसार–पसार गरिरहेको अवस्थामा २…

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।