रिपोर्ट नेगेटिभ छ

कविता

मौसमी रुघाखोकी र
ज्वरोले गर्दा थकित छ मान्छे
छिमेकीले भन्छ कोरोना भएछ।

ऊ मनमनै त्रसित र भयभीत छ
नभएको कोरोनाको त्रासले
मानसिक छटपटी र
अत्यासको आगोमा जलिरहेको
भित्रभित्रै निसासिन्छ मन
सास लिन नसकेर
जीवन मरणको दोसाँधमा
एक मुठी सास बोकेर
बाँच्ने आशमा छट्पटिरहेछ मान्छे
छिमेकीको घृणा र तिरस्कार सहेर
केही सहयोगी उदार मनको सहारामा
कोरोना परीक्षणको लागि
हस्पिटलको ढोका चहारिरहेछ।

रुघा, खोकी र ज्वरोको पीडित देखेर
जीवनका ठेकेदार चिकित्सक र स्वास्थ्यकर्मीहरू
निधार खुम्च्याउँदै पन्छिन खोज्छन्
बाँच्ने जिजीविषा बोकेको मान्छे
हस्पिटलको बेडमा पनि उपेक्षित भएर निराश अनि तिरस्कृत छ
ती सबैलाई सराप्छ आत्मग्लानि गरेर
धिक्कार्छ चिकित्सकलाई
अनि आफू स्वयंलाई।

तैपनि-
उसको जिजीविषा जीवन्त छ
बाँच्ने आशमा परीक्षणका लागि
पुग्छ प्रयोगशालामा
अदृश्य भाइरससँग लड्दा लड्दै
अनि
देश र समाजको अव्यवस्था र व्यथितिसँग।

उदार मनका टेक्निसियनको सहयोगमा
परीक्षण गराउँदा एकाएक मरूभूमिमा पानीको वर्षा भएझैँ
उसले सुन्छ ‘रिपोर्ट नेगेटिभ छ।’

ऊ प्रफुल्ल भएर घर फर्किन्छ
सैयौं वर्ष बाँच्ने मन लिएर
कोरोना विजेता भएर।

प्रतिक्रिया दिनुहोस्
विशेष

मकवानपुर । लागू औषध गाँजा ट्याकंरमै ओसार–पसार हुन थालेको छ । प्रहरीले तेल बोक्ने ट्याकंरमा गाँजा ओसार–पसार गरिरहेको अवस्थामा २…

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।