महानगर चेम्बरद्वारा मनमोहन हस्पिटललाई स्वास्थ्य सामग्री सहयोग

काठमाडाैं । काठमाडौं महानगर चेम्बरले मनमोहन मेमोरियल टिचिङ हस्पिटललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको रोकथामका लागि प्रयोग हुने स्वास्थ्य सामग्री उपलब्ध गराइएको काठमाडौं महानगर चेम्बरका अध्यक्ष पंकजचन्द्र श्रेष्ठले बताउनुभयो ।

चेम्बरले पीपीई ५ थान, गमबुट ५ जोर, गमबुट कभर ५ जोर, थर्मल गन २ थान, सर्जिकल मास्क १ हजार थान, फेस सिल ५ थान, सर्जिकल क्याप १ हजार थान, सर्जिकल ग्लोभ १ सय थान र एन ९५ मास्क २ थान सहयोग उपलब्ध गराएको हो ।

मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले ‘‘कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण सहकारी केन्द्र’’को रुपमा सेवा दिँदै आएको छ । अस्पतालले कोभिड-१९ सम्बन्धी ज्वरो क्लिनिक चलाइरहेको र अहिलेसम्म पीसीआर पोजेटिभ केस नभेटिएको हस्पिटलका अध्यक्ष राजेन्द्रप्राद पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नागरिक लगानी कोष र चन्द्रागिरी हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा शेयर निष्कासन गर्ने सम्बन्धी सम्झौता भएको छ…

चोरी भएका ती मोटरसाइकलहरु मोडिफाई गरिएको, नम्बर प्लेट परिवर्तन गरिएको अवस्थामा फेला परेको ज्ञवालीले बताउनुभयो ।

मकवानपुर । लागू औषध गाँजा ट्याकंरमै ओसार–पसार हुन थालेको छ । प्रहरीले तेल बोक्ने ट्याकंरमा गाँजा ओसार–पसार गरिरहेको अवस्थामा २…

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।