सागका पदक विजेता खेलाडीलाई आजीवन भत्ता

काठमाडाैं । नयाँ आर्थिक वर्षदेखि नेपाल सरकारले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)का सम्पूर्ण स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान स्वरुप आजिवन भत्ता दिने भएको छ ।

आर्थिक वर्ष २०७७/७८ को सरकारको नीति तथा कार्यक्रम अन्तर्गत रहेर युवा तथा खेलकुद मन्त्रालय मातहत १३औं सागमा स्वर्ण पदक जित्न सफल सबै ५१ खेलाडीहरुलाई आजिवन भत्ता दिने भएको हो । युवा तथा खेलकुदमन्त्री जगतबाहदुर सुनारले १३औं सागका स्वर्णधारी खेलाडीहरुले जनही मासिक ६ हजारको दरले आगामी श्रावणबाट शुरु हुने गरी आजिवन भत्ता पाउने बताए ।

गत मंसिर १५ गतेबाट नेपालको काठमाडाैं, पोखरा र जनकपुर गर तीन स्थानमा १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता आयोजना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सोल्टी होटलका ५५ जना कर्मचारीलाईपनि क्वारेन्टाइनमा राखिएको छ ।

आमाले आइतबार उजुरी दिएपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका २ जना प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ…

काठमाडौं। अब मास्क नलगाई हिड्नेहरु पक्राउ पर्ने भएका छन् । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन…

काठमाडौं । शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाले असार २२ गते अर्थात आज बोलाइएको नेकपा स्थायी समिति बैठक २४ गतेसम्मका…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य भीम रावलले आफूहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा मात्रै…