रौतहटमा प्रहरीमाथि हातपात, ४ घाइते, हतियार समेत खोसियो

काठमाडौं। रौतहटको मौलापुर नगरपालिकामा सुरक्षामा खटिएको प्रहरीमाथि आक्रमण भएको छ । आक्रमणबाट इलाका प्रहरी कार्यालय मौलापुरका ४ जना प्रहरी घाइते भएका छन् । जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर १, मर्यादपुरमा राहत वितरणमा अवरोध गर्दै आएका वडाध्यक्ष रामप्रवेश यादवकाे समूहले राहत वितरणमा सहयोग गरेको भन्दै वड़ा सदस्यलाई कूटपिट गर्दै प्रहरीमाथि समेत आक्रमण गरी घाइते बनाएका हुन् । राहत वितरणमा सहयोग गरेको भन्दै वड़ा सदस्यलाई कूटपिट गर्दै प्रहरीमाथि कुटपिट गरी घाइते बनाइएको हो । पहिलो चरणको राहत जसोतसो वितरण गरेको नगरपालिकाले दोस्रो चरणमा पनि अवरोध सृजना भएपछि प्रहरीको सहयोगमा राहत बाँडेको हो ।

नगरपालिकाले दोस्रो चरणको राहत वितरण गर्दै गर्दा वडाध्यक्ष रामप्रवेश यादवले अवरोध पुर्याएका थिए । तर त्यस काममा पनि बल प्रयोग गरेर वडाध्यक्षले आफ्ना कार्यकर्ता लगाएर प्रहरीमाथि हातपात गरे’ प्रत्यक्षदर्शीको भनाई छ ।, ‘आक्रमण गर्नेहरुले प्रहरीको पोशाक समेत च्यातिदिए भने हतियारसमेत खोसेका छन् । पछि थप प्रहरी आएपछी मात्र उनीहरूले छोडेका हुन् ।’ हिजो बेलुकै यस्तो घटना भए पनि मौलापुर प्रहरीले यसलाई गोप्य रुपमै मिलाउँन खोज्दै घटना सार्वजनिक गरेको छैन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…

सांस्कृति सम्पदामाथि विकासका नाममा विनास गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन् ।

बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन्।