चट्याङ लागेर दुई महिलाको मृत्यु, एक घाइते

काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिका ७ गाङ नजिक जाङडाँडामा चट्याङका कारण दुई महिलाको ज्यान गएको छ भने एक घाइते भएका छन् । शुक्रबार बिहान पौने १० बजे जाङडाँडा सविन बुढाको घरमा चट्याङ पर्दा २४ वर्षीया आशा बुढा र उनकी फुपु सासु ७५ वर्षीया खिर्मा बाठामगरको ज्यान गएको हो । चट्याङबाट सविन सामान्य घाइते भएका छन् । चार जना सँगै घरमा बसिरहेका बेला हावाहुरी र पानीसंगै परेको चट्याङले आशा र खिर्मा बेहोस भएका थिए । संगै बसेका आशाका श्रीमान सविनलाई सामान्य चोट लागेको र आशाको काखमा बसेको २ वर्षीय बालक भने सकुशल रहेको त्रिवेणी गाउँपालिका रोल्पाकी उपाध्यक्ष सावित्रा बुढा घर्तीमगर जानकारी दिइन् ।

घटना लत्तगै जिल्ला अस्पताल रेउघा अस्पताल पु¥याएर उपचार गर्ने क्रममा दुवै जना महिलाको मृत्यु भएको जिल्ला अस्पतालका डा। प्रकाश बुढाले जानकारी दिए । घाइते सविनको सामान्य उपचार पछि घर पर्किने क्रममा छन् भने मृतक दुवै महिलाको जिल्ला अस्तपालमा पोष्टमार्टम भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सोल्टी होटलका ५५ जना कर्मचारीलाईपनि क्वारेन्टाइनमा राखिएको छ ।

आमाले आइतबार उजुरी दिएपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका २ जना प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ…

काठमाडौं। अब मास्क नलगाई हिड्नेहरु पक्राउ पर्ने भएका छन् । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन…

काठमाडौं । शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाले असार २२ गते अर्थात आज बोलाइएको नेकपा स्थायी समिति बैठक २४ गतेसम्मका…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य भीम रावलले आफूहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा मात्रै…